विचार

रहरले हैन म नेपाल आर्मीको जागिर छाडेर खाडी हुँदै मलेसिया आएको ( छत्र लकाई खड्काको यथार्थ कथा)

छत्र लकाई खड्का

मैले जागिर खानलाइ भर्ति हुदाखेरी मध्य संकटकाल थियो ।मिति २०६१/१०/५ गतेको भर्ति हो म । धरानको फुस्रे मा रहेको श्री भवानिदल गुल्मले लिएको भर्ति हो म । एक त म बेरोजगारी त्यसमा पनि मलाई! सानैदेखि नेपाल आर्मिको बर्दि पहिरिने र हतियार बोक्ने ठुलो रहर थियो । नभन्दै मेरो रहर पनि पुरा भयो म धरानको फुस्रेमा भर्तिभएर तालिम सप्तरीको राजबिराजमा रहेको श्री आर्टिलरि गणमा परेको थिएँ । तराईको गर्मि त्यो पनि चैत, बैशाख को तातो घाम जे जसरी भएपनि मैले तालिम गर्नुपर्ने थियो । बिस्तारै बिस्तारै दिनहरू बितिरहेका थिए । मैले ७ महिनाको सैन्य तालिम सफलता पुर्वक सके। त्यसपछि हामी सम्पूर्ण साथीहरू लाई पल्टनले ३/४ दिनको घर बिदामा छोडेको थियो । मेरो घर पुर्वि पाहाडि जिल्ला तेह्रथुम भएको कारणले साथै देशमा सकंटकाल भएको कारणले म त्यो ३/४ दिनको बिदामा घरमा जान सकिन । किनकि मेरा गाउँमा पनि तत्कालीन माअोबादीहरु को जनयुद्धको राको बलेको थियो।

म त्यहीँ कारणले आफ्ना परिवार को सल्लाह बमोजिम मेरो गाउँमा गइन । म‌‌‌ैले त्यो ३/४ दिनको बिदालाइ मेरो ठुलो ममिको घर बिराटनगर मा गएर बिताए ३/४ दिन न हो बित्नलाई केही बेर नलाग्ने । म बिदा सकिएर पुन राजबिराज फर्किए त्यहाँ पुगेको बेला लगभग साझ परेको थियो । पल्टनको खाना खाने समय भएको रहेछ । म पनि आफ्नो थाल बोकेर मेसतिर गए । हामी तालिम सकेर घर बिदामा गएर आएका सबै साथीहरू सँग रमाइलो गर्दै रेला गर्दै खाना खाएर हाम्रो जवान लाई तिर लाग्यौं । त्यो रात सुत्यौ र भोलिपल्ट बिहानै हामीलाई सामेल गरेर सबैलाई । आफ्नो आफ्नो दरबन्दी को बारेमा जानकारी गराएइएको थियो!मेरो दरबन्दी सुनसरीको धरानको फुस्रेमा रहेको श्री कालिबक्स (ई)गणमा परेको थियो । म लगायत २० जना साथीहरू थियौ । हामी हरुले एउटा बसलाई रिजर्भ गरेर जाने सबै को सल्लाह भयो र हामी हरुले राजबिराज बाट बिदा भएर सुनसरीको । धरान को फुस्रेमा रहेको श्री कालिबक्स (ई) गणतर्फ लाग्यौं हामीहरु २ घन्टाको यात्रा पछि त्यहाँ पुग्यौं ।

त्यहाँ हामी ले गाडिबाट सबै हाम्रा सामानहरु उतार्ने काम गरियो र गाडि बाहिरीयो । अनि हामीलाई गणको हल्दारमेजरले आफ्नो सामान अगाडि राखेर उभिन कासन गरे । हामी सबैले आफ्नो सामानहरु आफ्नो अगाडि राखेका थियौ । उनले हामीलाई सतर्क गोडा फाट गराए अनि सबैलाई रेडिअफ को तालमा दौडिन कासन गरे । आफ्नो सामानहरु बोकेर धरानको फुस्रे ब्यारेक को उकालोमा हामी दौडिएर जवान लाईमा पुग्यौं । एक त हामीलाई पल्टनमा तालिमे सिपाही भनेर नाम राखिएको हुन्थ्यो । त्यसमाथि त्यहाँका सबै पुराना टोलीले तासि भनेर बोलाउने हल्का पेल्न खोज्ने । यसरी बिस्तारै बिस्तारै दिनहरू बित्दै थिए । मलाई पल्टन ले भेडेटारमा रहेको रिपिटर टावरमा सुरक्षार्थ टोलीमा खटायो । पल्टनको नियम नै छ जान्न र खान्न भन्न पाइन्थ्यो म लगायत केही साथीहरू भेडेटारमा रहेको रिपिटर टावर पोस्टमा गयौं । त्यहाँ पनि बिहानै परेड त्यसपछि एकछिन फिटिङ्ग गर्दै समय बितेको पत्तै हुदैनथ्यो ।

पुष माघको जाडो उतिकै थियो दुइटा ज्याकेट लगाएर मात्रै रातिको डिउटि गरिन्थ्यो । यस्तै यस्तै समय बित्नलाइ केही बेर लागेन कहिलेकाही हामी परेड दौडिएर भेडेटार देखिन तल धरान झर्ने! पहिलो ट्रनिङ्गसम्म त कहिलेकाही यता माता पाथिभरा देवीको मन्दिरसम्म । यस्तै गरेर मेरो त्यहाँ ७/९ महिना बितेको पत्तै भएन । फेरी पल्टनले हामीहरु लाई बद्लियो हामीहरु फुस्रे गणमा झर्यौ त्यहाँ गणमा हुदा मलाई क्वाटरगार्ड चढ्ने मा नाम दिइयो । मेरो गुल्मको नायक खटनपटनले मलाई सुरुमा त निकै तनाव भयो गर्खाहेट तयारीमा थियो बुट को समस्या थियो ।

हतारहतार साथीहरू सँग पाकिस्तानी बुट १२०० रुपैयाँमा किनेर रातारात गरेर बुटलाइ टिलिक्कै पारेर म चुस्ताहरु खुकुरि सबै तयारीमा राखेर त्यो रात १२ बजे मात्रै सुतेको थिए । भोलिपल्ट बिहानै उठेर नुहाएर चिया खाएर हामी गार्ड चढ्ने टोलिहरु क्वाटरगार्डमा गयौं नेपाली सेनाको रास्ट्रीय धुन बिकुल को साथमा हामी ले गणको झन्डा चडायौं । यसरी मलाई पहिलो दिनभएर होला एकदमै डरले सताएको थियो । यसरी करिबकरिब २/३ महिना क्वाटरगार्ड चढेपछि मलाई त्यहाँ बाट चेन्ज गरेर अरुलाइ राखियो ।

यसैबेला मलाई बिहेको अफर आयो मेरो साथी को मार्फत पाहाडबाट इटहरीमा नातागोता को घरमा आएकि केटी भएको जानकारी पाए म भरखर २३ बर्षको मात्रै थिए । मलाई मेरो साथी ले भन्यो बिहे गर्छस् छत्र ? मैले भने केटी कस्ति छ ? उसले भन्यो तैले केटी लाइ देख्नेबित्तिकै मन पराउछस । उसले हास्दैं भन्यो । यतिकैमा केटी उसको सानिमाको घरमा आएको बिझियो फोन नम्बर मागेर मैले उसकि सानिमा सँग कुरा गरे । उहाँले भन्नुभयो आउनुस् न केटी हेर्दैमा केहि बिग्रर्दैन केटाकेटी बिचमा मनपरापर भए बिहे पनि गर्दिउला नि । म‌ैले पनि भने हस् आन्टि म सकेसम्म चाडैं आउनेछु । त्यसको एकहप्ता पछि म इटहरीमा केटी हेर्न गएँ । जानेबितिकै केटी देखे केटी त एकदमै मन पर्यो जेहोस् आफ्नो हुनुलाई रहेछ त्यहाँ जादा मलाई मनमनै डर लागेको थियो ला मलाई कसैले केही पो भन्ने हुन कि भनेर ।

यसरी केटीकि सानिमा सँग कुराकानी गर्यौं । अनि मैले पनि मेरो बारेमा सम्पूर्ण कुराहरू बताएँ । त्यसपछि हामी केटाकेटी लाई एकछिन गफ गर्नु भनेर कोठामा छोड्नुभयो उहाँहरुले हामी दुई बिच कुराकानी भयो । एकआपसमा मन परापर भयो । अनि हामी ले चाडैं बिहे गर्ने निर्णय गर्यौं र केही समयपछि हामीले सानोतिनो बिहे पनि गर्यौं । त्यसपछि मेरो डिउटि धरानको रेडियो नेपाल पोस्टमा थियो । नजिकै कोठा खोजेर र उनिलाइ राखे यस्तै गरेर दिनहरू बितिरहेका थिए । मेरी उनिलाइ कोठा भाडामा राखेर मेरो त्यो बेलाको तलबले नभ्याउने अबस्था देखियो ।

त्यतिबेला मेरो तलब जम्मा ३६०० रुपैयाँ मात्रै थियो! यसैबीच मा मेरा केही साथीहरू ले जागिर छोडेर कोही कतार कोही मलेसिया त कोही साउदी आएका थिए । मलाई उनिहरु ले कल गरेर भन्न थाले यहाँ त कमाइ राम्रोसँग छ। के गर्छौं छत्र त्यहाँ को ३६०० रुपैयाँ ले उनिहरुले यस्तै भनेपछि मलाई पनि कताकता केही सोच्न बाध्य भए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.