विचार

सलाम छ २०६ जना राष्ट्रबादी महान नेताहरूलाई-धिक्कार छ ३४७ राष्ट्रघाती भारतिय दलालहरुलाई !

छत्र लकाई खड्का

छत्र लकाई खड्का

हिजो नेपाल को संसद भवन भित्र निकै ठुलो खेल चलेको थियो । भारतिय मतियार VS स्वाभिमान नेपाली जनता हरुको । आखिर जित पनि स्वाभिमान नेपाली जनताका पक्षमा आयो । नेपाली काङ्ग्रेस, माअोवादी केन्द्र र मधेसवादी दलका देशका भिखन्डनकारी तत्वहरुले संविधान संशोधनको प्रस्ताव लाई जबर्जस्ती टेबुलमा ल्याएका थिए ।

यसैगरी हिजो संविधान संशोधनको प्रस्ताव मा पक्ष र बिपक्ष हरुले केही बेर संसदमा छलफल गरेर त्यसपछि निर्वाचन को प्रक्रियामा जाने निर्णय बमोजिम संसदमा रहेका ५९२ सभासद हरुले मतदान गरेका थिए । यसको केही समयमा नै उक्त प्रस्तावको पक्षमा जम्मा ३४७ मत खसेको परिणाम आयो । यस्तै जम्मा चाहिएको मत ३९५ थियो!यस्तै बिपक्षमा जम्मा २०६ मत खसेको भनेर परिणाम आयो । यो परिणाम सभामुख अोनसरी घर्तिले सुनाएकी थिइन । यसका बिपक्षमा रास्ट्रबादी पाटी नेकपा एमाले, राप्रपा, नेपाल मजदुर किसान पाटी, नेपाल परिवारदल लगायत अन्य रास्ट्रबादी पाटीहरु ले पनि संविधान संशोधनको बिपक्षमा मतदान गरेका थिए ।

सलाम छ यी रास्ट्रबादी पाटीका शिर्ष नेताहरू साथै सभासद हरुलाइ । म पनि एउटा परदेशी युवा हु पराइको भुमिमा बसेर पनि देसको नितान्त चिन्ता लिएर हिड्ने मान्छे हु म । मलाई हिजो को यो नेपाली जनताहरुको जितको कारणले एकदमै खुसि लागेको छ । म छाति खोलेर भन्नसक्छु कि यो जित नेपाल आमा र नेपाली जनताका पक्षमा हो । यसका लागि सबैभन्दा बढि योगदान पुर्याउनु भएको छ ।  नेकपा एमालेका श्रदेय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा अोली ज्यु ले उहाँलाई मेरो तर्फबाट मुरी मुरी धन्यवाद का साथै रातो सलाम छ कमरेड लाई ।

हाम्रो देसका प्रधानमन्त्री शेर बहादुर देउवाले नैतिकताको आधारमा हेर्ने हो भने हिजै संसदमा आफ्नो राजिनामा दिने थिए ।  तर उहाँमा यस्तो नैतिकताको कुनै ख्याल नभएको प्रस्टै देखिन्छ! यसमा कसैको दुईमत हुदैन । तर हाम्रो देसका प्रधानमन्त्री त आज मित्ररास्ट्र भारतको भ्रमणमा निस्कनु हुदैछ होला ।  प्रधानमन्त्री ज्यु तपाईंको भारतको भ्रमण को क्रममा नेपाल आमा र नेपाली जनताका हितमा हुनेहरु मात्रै सम्झौता गरेर आउनुस् । किन कि यहीँ नै तपाईंको अन्तिम पटकको भ्रमण हुनुपर्छ ।

बिगतमा ३ पटक प्रधानमन्त्री हुदा खै के गर्नुभयो? शेर बहादुर देउवा ज्यु? नेपाली जनता बुझ्न चाहान्छछन । अ्त्यमा नेपाल आमाको जय होस् ! जय देस !! जय स्वाभिमान !! !

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.