विचार

स्वदेशमा रोजगारी नहुँदा धन कमाउन भारत पुग्दै ज्यान गुमाउँदै नेपालीहरु: करन साउद

लेखक: करन साउद, अछाम, हाल: भारत
आफ्नै देशमा रहेर आफ्नो कला संस्कृति रहन सहन अनि भेष-भुषामा रमाउन कसलाई रहर हुदैन होला ? बिदेशको AC को हावा, फ्रीजको बिस्लेरी पानी अनि ठुलाठुला होटेलको मीठो खाना र सरर चिल्लो रोडमा गुड्ने गाडीमा गरिने यात्रा भन्दा आफ्नै देशको माटोमा उत्पादन गरिएको अन्न बाट पकाईने खाना पैदल हिडेर नै गरिने यात्रा जमिन बाट उम्रेर कलकल बग्ने खोलाको चिसो पानी प्रकृतिको देन बाट प्राप्त हुने हावाको आनन्द नै फरक हुन्छ।

समय समयमा आउने चाडपर्वहरुमा साथिभाई आफन्त अनि घर परिवार संग रमाउँदाको मज्जा नै बेग्लै हुने गर्छ। तर आज ७०/८० लाख नेपाली होनाहार युवायुवतीहरु अर्काको देशमा पसिना चुहाउन बाध्य छन् । पसिना श्रम बेचेर मात्र पैसा मात्र कमाउदैनन कहिलेकाही त मृत्यु पनि कमाएका घटनाहरु जीवितै छन् । स्वदेशमै रोजगारीका केही अवसर पाएका भए नेपालमै गरिखाने अवस्था सिर्जना भएको भए सायद ती होनहार नेपालीहरु बिदेशमा पसिना चुहाउन बाध्य हुने थिएनन् होला।

जिन्दगी लाई सफलताको शिखरमा परिवर्तन गर्न केही योजना बनाएर बिदेश पस्ने नेपाली युवायुवतीहरु धन कमाएर मात्र घर फर्किदैनन काठको बाकसमा मृत्यु भएको लास पनि फर्किन्छ। त्यति मात्र होईन कयौ  नेपालीहरुका बिदेश मै मृत्यु भएर घर परिवारले मुख नै देख्न नपाएर बिदेश मै दाहसंस्कार हुने गरेका पनि छन् ।हाम्रो सबैभन्दा नजिकैको मित्र राष्ट्र भारतमा मृत्यु हुने प्रायः सबै नेपालीहरुको दाहसंस्कार भारतमै हुने गर्छ। उता घर परिवार आफन्तले एक पटक मुख हेर्ने मौका पनि पाउदैनन् ।

खाडी मुलुकहरुमा पनि समय समयमा नेपालीहरु माथी विभिन्न घटना भएका खबरहरु हामिले देख्दै र सुन्दै आईरहेका छौ ।केही समय अगाडि मात्र एकै पटक धेरै लासहरु नेपाल भित्रीएका थिए।छिमेकी राष्ट्र भारतमा पनि बेलाबेलामा नेपालीहरुका हत्या गरिएका घटना तथा अन्य कुनै कारण मृत्यु भएका घटनाहरु सामन्य आउने गरेका छन्।

भारतमा मृत्यु हुने नेपालीहरुको तथ्यांक हेर्ने हो भने निकै उच्च स्थानमा रहेको देखिन्छ । सन २०१८ मा नेपालमा हालको पुर्विचौकी गापा ७ डोटि निवासी करन साउदलाई मुम्बईको अंधेरिमा केही अज्ञातकारिहरुले हत्या गरेका थिए ।दैलेख निवासी एक जना नेपाली लाई मुम्बईको उल्लास नगर आफ्नै कोठामा सुतेको अवस्थामा कोठाबाट जंगलमा लिएर चक्कु र छुरिले चिर्दै लिंग समेत काटेर हत्या गरिएका थिए। सन २०१९ मा डोटिका एक जना नेपालीलाई मुम्बईको कुर्लामा संगै होटेलमा काम गर्ने साथिहरुले हत्या गरेका थिए। केही दिन अगाडि मात्र भारतको दिल्लीमा रहेको मजनुटिला भन्ने ठाउँमा आफ्नै ब्यापार गर्दै आउनु भएकी नेपालमा नुवाकोट निवासी मिना तामाङ लाई दुई जना मोटर साईकलमा आएका हतियारधारीले गोलि हानेर हत्या गरेको घटना सेलाएको छैन। सन २०१८ मा नेपालमा चौरपाटी गा.पा. ३ अछाम निवासी कलबिर साउद लाई आफ्नै कोठामा राती सुतेकै अवस्थामा मृत्यु भएको फेला पारिएको थियो भने शरीर भरी पुरै निलडामहरु थिए पोस्टमार्टमको रिपोर्ट दिन कलबिर काम गर्ने अपार्टमेण्टमा बस्ने मालिकहरुले मनाही गरेका थिए। २०१९ मा सोही गापा निवासी डबले बिकका नाति चक्र बिकका छोराको लास ठाणे जिल्लाको शिवाजी तलावमा भेटिएको थियो तर न पोस्टमार्टम रिपोर्ट नै देखाईयो न मृत्युको कारण नै खुलाईयो मृत्यु पक्कै रहस्यमय थियो।

यी घटनाहरु त केवल ट्रेलर मात्र हुन एकिन तथ्यांक संकलन गर्ने हो भने भारतमा मृत्यु हुने नेपालीहरुको संख्या अधिक देखिने छ।घटनाहरु यति मात्र होईनन आत्मा हत्या गर्ने नेपालीहरु नै आपसमा झगडा गरेर मार्ने सडक दुर्घटनामा परेर मृत्यु हुने करेन्ट लागेर मृत्यु हुने काम गर्ने बिल्डिङको छतबाट खसेर मृत्यु हुने लिफ्ट बाट खसेर मृत्यु हुने लगायत एउटा् नेपालीको श्रीमती अर्को नेपालीले लिएर भाग्ने प्रचलनले निकै स्थान ओगटेको छ। प्रवासमा हुने नेपालीहरु माथिका यस्ता घटनाहरु प्रती भारतमा भएका विभिन्न राजनीतिक दल निकट संगठन सामाजिक संघ संस्थाहरुको ध्यानाकर्षण हुनु जरुरी छ। साथ साथै नेपाल सरकारले जति सकिन्छ छिटो छरितो तरिकाले स्वदेश मै रोजगारीको ग्यारेन्टी तथा केही गरेर खाने अवसर प्राप्त हुने ब्यबस्था गरियोस । धन्यवाद ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.