कोलोराडो भर्खरै

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालले दशैं तिहार शुभकामना कार्यक्रम गर्ने

rmfn-200x200कोलोराडो, सेप्टेम्बर २३  । आउदै गरेको नेपालीहरूको  महान  चाड  बडा दशैं र तिहारको उपलक्षमा प्रत्येक बर्ष झै यस बर्ष पनि रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालले “दशैं तिहार शुभकामना कार्यक्रम” गर्ने भएको छ ।

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालले आज जारी गरेको सुचना अनुसार कार्यक्रम अक्टोबर २२ तारिख शनिबारका दिन हुनेछ ।

यस पटकको कार्यक्रममा नेपालका चर्चित हाँस्य अभिनेता शिवहरि पौडेल (मुखाँ हान्नु जस्तो), चर्चित पप प्यारोडी गायक  तथा अभिनेता रतन सुबेदी (बत्ति बालेर), चर्चित लोकप्रिय नायक दिलिप रायमाझी, नेपाल प्रज्ञा प्रतिष्ठानकी सुप्रशिद्ध नृत्यांगना संगीता शर्माका साथमा कलाकार कृष्णमुरारी ढुंगेलले दर्शक हरुलाई आफ्नो जोडदार प्रस्तुतिले मनोरन्ज प्रदान गर्ने छ भने स्थानिय प्रतिभाहरू ले आफ्नो प्रतिभा देखाउने छन ।

आयोजक रक्की माउन्टेन फ्रेन्ड्स अफले नेपाली कला र संस्कृतिको उत्थानमा यस कार्यक्रमले सदा झै नेपाली समुदाय मा बिशेष छाप छोड्न सफल हुने आश गरेका छन ।

कार्यक्रम सांझ ५ बजे देखि ९ बजे सम्म तल दिइएको स्थानमा हुने आयोजकले जनाएको छ ।

Legacy Auditorium Legacy High school 2701 West 136th Avenue, Broomfield, CO 80023

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.