कोलोराडो

कोलोराडोमा गायक पुरुषोत्तम न्यौपानेको एकल सांगीतिक साँझ भव्यताका साथ सम्पन्न

नेपाली लोक सांगीतका चम्कीलातारा पुरुषोत्तम न्यौपानेको एकल साङ्गीतिक साँझ कोलोराडोमा भब्यरुपमा सम्पन्न भयो ।
शनिवार कोलोराडो स्प्रिङमा र आइतबार वेष्ट मिनिस्टरमा सम्पन्न एकल साङ्गीतिक साझमा गायक न्यौपानेले आङ्खना लोकप्रयि गीत सयौ श्रोताहरुमाझ पस्किएर सबैलाई नचाएका हुन् ।
पुरुषोत्तम पाण्डेको आयोजनामा लिटिल ईन्डियामा र दिनेश भट्टराईको आयोजनामा  याक एण्ड यती रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा उनले झिमझिम सितार, ऐना हेरेर, सरर पानी घट्टमा, मत हिंडे पोखरा, मोहनी तिम्रा बोलीमा, जस्ता चर्चित लोक गीत, तिजका गीत र भजनहरु ग।एर दर्शकहरुलाई तताएका थिए ।
कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्धि जिवी, साना बाल बालिका, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । तिजका गीत पुरुषहरुले पनि गाउन हुन्छ भनेर सुरुगरेका न्योपानेको प्रस्तुति हेर्न ठुलो संख्यामा महिला दिदी बहिनीहरू साडी चोलो लगाएर उपस्थित भएका थिए । तिजको झल्को दिनेगरी दिदी बहिनीहरूले छम छम नाची रहदा आफूलाई नेपाली घर आगनमा भएको आभास हुन्थ्यो ।
नेपाली लोक संकृती कति सुन्दर र अविस्मरणीय छ, यो संसारको जुनसुकै कुनामा जस्तो सुकै अवस्थामा पनि भुन्न सक्दैनौ भन्ने प्रमाण यहाँ प्रस्ट देख्न सकिन्थ्यो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.