कोरोना भर्खरै

पुस १२ – चाैबीस घण्टामा ४८१ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ३८२८ जनाको पिसिआर टेस्ट गर्दा थप ४८१ जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण देखिएको छ भने सोही अवधिमा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्यांक अनुसार हाल सम्म कुल १९ लाख ९ हजार ६५४ पीसीआर परीक्षण गरिएको छ भने कोरोना संक्रमितको संख्या २ लाख ८ हजार १८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७३१ जना निको भएर फर्किएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ।

मन्त्रालयका अनुसार ६ हजार ४९३ जना आइसोलेसनमा र ३६९ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । मन्त्रालयको तथ्यांक कोरोनाबाट मृत्यु हुनेको कुल संख्या एक हजार ८ सय २५ पुगेको छ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.