सम्पादकीय

एनआरएन अमेरिका इमेल काण्ड – कहिले माग्छ एनआरएन अमेरिकाले आफ्ना ११ हजार सदस्यहरुसँग माफी ?

गएको सप्ताहन्त्य मा एनआरएन अमेरिका को आधिकारीक इमेल बाट भारतमा आफ्नो मुख्यालय राखेर अमेरिकामा सगुन नाम बाट शेयर बजारमा आफ्नो कम्पनी सूची गराउने प्रकृया मा रहेको ‘सगुन’ नामक कम्पनीमा लगानी गर्नका लागी इमेल पठाइको थियो ।

गैर नाफा मुलक संस्थाले नाफा मुलक संस्थाको प्रचार गर्न पाइन्छ कि पाइदैन भन्ने कुरा हामीले कसैलाई संझाइ रहनु पर्छ जस्तो लाग्दैन । जुन कुरा यहाँ जानेर वा नजानेर भैसकेको छ ।

पहिलो इमेल मा आफ्नो लेटरहेड नै सगुन लाई जिम्मा लगाएको एनआरएन अमेरिका ले – आजको दिनसम्म कुनै कारण देखाएको छैन किन सगुनको विज्ञापनका लागी एनआरएन अमेरिकाको लेटरहेड प्रयोग गरिएको थियो भनेर?

लेटरहेड मात्रै होइन – पहिलो इमेल पठाउदा एनआरएन अमेरिकाले डिस्क्लेमर (आफु जिम्मेवार नभएको) लेख्न पनि आवश्यक ठानेन । यस्को अर्थ – उक्त कम्पनीमा कसैले लगानी गरेमा एनआरएन अमेरिका पूर्ण रुपमा जिम्मेवार हुनेछ ।

सगुनमा लगानी गर्नका लागि करिबा ११ हजार लाई पठाइएको उक्त इमेल सामजिक सन्जाल मार्फत बिरोध आएको भोली पल्ट – उतिकै गैर-जिम्मेवार पूर्वका – ध्यानाकर्षण भएको भनेर एनआरएन अमेरिका पन्छियो ।

के कस्तो कारणबाट नाफा मुलक कम्पनीको यस्तो विज्ञापन एनआरएन अमेरिका(जो आफु गैर नाफा मुलक हो) मार्फत पठाउन बाध्य पारिएको थियो भन्ने कुनै खुलासा गरिएको छैन ।

यती धेरी विवादस्पद इमेल पठाइ सकेर पनि एनआरएन अमेरिकाले आफुबाट भएको गल्ती स्विकार गरेको छैन र आजको दिनसम्म आफ्ना ११ हजार सदस्यहरुसँग आफुले संस्थाको नाम दुरुपयोग गरी कार्य भएकोमा अहिले सम्म माफी माग्नु आवश्यक ठानेको छैन र ।

यती धेरी विवादस्पद इमेल पठाइ सकेर पनि एनआरएन अमेरिकाले आफुबाट भएको गल्ती स्विकार गरेको छैन र आजको दिनसम्म आफ्ना ११ हजार सदस्यहरुसँग चालु कार्यसमितिले आफुहरुद्वारा संस्थाको नाम दुरुपयोग गरी कार्य भएकोमा अहिलेसम्म माफी माग्न आवश्यक ठानेको छैन ।

हाम्रो प्रश्न छ:

१. के यो इमेल पठाउन लागि कार्यसमितिले पुर्ण बैठक द्वारा स्विकृत दिएको हो ?
– यदी हो भने – कुन धाराका आधार नाफा मुलक संस्थालाई प्रचार गरियो ?

२. यस इमेल लाई पुर्ण बैठक द्वारा स्विकृत दिएर पठाइएको थियो भने – अब अरु नेपाली जस्ले अमेरिकामा ब्यबसाय गरेका छन तीनले कस्लाई सम्पर्क गर्ने – जस्ले गर्दा उनिहरुको ब्यबसायको पनि विज्ञापन होस ?

३. यदी यो गलत भएको थियो भने एनआरएन अमेरिकालाई कस्ले रोक्यो आफ्ना ११ हजार सदस्यहरुसँग मफी माग्न ?

४. यस्तो गल्ती जस्ले एनआरएन अमेरिकाको ५०१(सि) लाई नै धराप पारेको छ – यस्को छानबिन हुने छ कि छैन ?

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.