अन्तर्राष्ट्रिय समाचार

थाइ राजकुमारद्वारा राज्यारोहणको साईत निकाल्न आज्ञा

बैंकक-थाइल्याण्डका नरेश भूमिबोल अदुल्यादेजको निधन भै सकेको र युवराज महा वजिरालोङ्गकोर्नले बिधिपूर्वक राज्यारोहण गरिनसकेको अन्तरिमकालका लागि थाइल्याण्डको शाही परामर्श परिषद्का प्रमुखले शाही प्रतिनिधिका रुपमा जिम्मेबारी सम्हाल्ले उपप्रधानमन्त्री विस्सानु क्रिङ्गमले बताएका छन्।थाइल्याण्डको शाही परामर्श परिषद् “प्रिभि काउन्सिल” को नामबाट पनि परिचित छ । हाल प्रिभि काउन्सिलका अध्यक्ष पदमा ९६ वर्षीय प्रेम तिन्सुलानन्द छन्।
थाइल्याण्डको संविधानमा उल्लेख भएको प्रावधान अनुसार नयाँ राजाको बिधिपूर्वक राज्यारोहण नभई राजगद्दी रिक्त रहेको अवस्थामा अन्तरिमकालका लागि प्रिभि काउन्सिलका अध्यक्षले राजप्रतिनिधिको रुपमा कार्यबाहकको भूमिका निर्बाह गर्नुपर्छ । उपप्रधानमन्त्री क्रिङ्गमले काउन्सिल अध्यक्ष प्रेम तिन्सुलानन्दको नाम नकिट्नु भए पनि सम्भवत तिन्सुलानन्दले नै अल्प अवधिका लागि राजकाजको अन्तरिम जिम्मेवारी सम्हाल्नु हुने थाइ सरकारको आधिकारीक वेभसाईटले जनाएको छ ।
उपप्रधानमन्त्री क्रिङ्गमले युवराजको राज्यारोहणको साइत वा तिथि मिति अहिले सम्म निश्चित भै नसकेको तर धेरै दिनसम्म राजगद्दी रिक्त राख्न नहुनेमा जोड दिए।विश्वमा सबैभन्दा लामो समयसम्म राज्य गर्ने राजाका रुपमा परिचित थाइ नरेश भूमिबोलको ८८ वर्षको उमेरमा गतः बिहीबार निधन भएको थियो ।

Post Comment