अन्तर्राष्ट्रिय समाचार

विमानस्थलको शौचालयमा भेटिएको शिशुको मृत्यु

भियना (अस्ट्रिया) । बिहीबार बिहान भियना विमानस्थलको शौचालयको एक डब्बामा भेटिएको शिशुको उपचारका क्रममा बिहीबारै स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

बिहानै शौचालयको सफाइ गर्न पुगेकी एक महिलाले जीवित शिशुलाई डस्टबिनमा प्लास्टिकमा बेरेर फालिएको अवस्थामा भेटेपछि तत्कालै शिशुलाई आपतकालीन उपचार सेवाका लागि स्थानीय एक अस्पतालमा पु¥याइएको तर उनको उपचारका क्रममा त्यहाँ मृत्यु भएको प्रहरी प्रवक्ता राइमण्ड स्वाइगरलेनरले बताउनुभयो ।

शिशुमा व्यापक अक्सिजनको कमी भएको अवस्थामा उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रवक्ता स्वाइगरलेनरले अस्पताल स्रोतलाई उद्धृत गर्दै बताउनुभयो ।

शिशुलाई एक नाइजेरियाली २७–वर्षीया युवतीले त्यहाँ जन्माएपछि डस्टबिनमा फालेको सुरक्षा अधिकारीले बताए । बच्चालाई आफू भियनामा ट्रान्जिटमा रहेका बेला जन्म दिएपछि उनले त्यहाँ फालेको बताइएको छ ।

शिशुकी आमालाई पनि स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनले बच्चा किन त्यसरी फालिन् भन्ने विषयमा उपचारपछि अनुसन्धान गरिने प्रहरी प्रवक्ताले बताए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.