अन्तर्राष्ट्रिय समाचार

बाबा रामदेब भेटिए महिलाको अंगालोमा,तस्बिर भाईरल

१८,मंसिर । भारतका योग गरु रामदेव बेडरुममा एक महिलासँग अँगालोमारेर बसेको तस्बिर सामाजिक सञ्जालहरूमा भाइरल भएको भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन् ।
तस्बिर आपत्तिजनक त छैन । तस्बिर योग गुरु रामदेवको आचरणअनुसारको भएन भन्दै सामाजिक सञ्जालहरूमा आलोचना भइरहेको लोकहित एक्सप्रेसको अनलाइन संस्करणमा समाचार छापिएको छ । बेड रुममै महिलालाई अँगालोहालेर बसेपछि रामदेवको आचरणमा समेत प्रश्न उठाइएको छ ।
रामदेव अविवाहित हुन् । उनीसँग बसेकी महिला को हुन् र कहाँकी हुन् समाचारमा खुलाइएको छैन ।
पतञ्जलि आयुर्वेद उद्योग स्थापना गर्नका लागि हालै नेपाल आएका रामदेवको लगानीको विषयमा प्रश्न उठिरहेका बेला उनको यो तस्बिरले हँगामा मच्चाएको छ ।
एकजना गुरु कसैलाई भेट्न सक्छन् । तर उनले महिलालाई बेडरुममा जसरी पकडेर राखेका छन् त्यसलाई भने सामन्य रुपमा लिइएको छैन । ती महिलासँग त्यसरी बस्नु भारतीय संस्कारविरुद्ध रहेको समाचारमा उल्लेख छ ।
भारतका कही नाम चलेका योगीहरूको रासलीलाका समाचार बेलाबेला प्रकाशित हुने गरेका छन् । त्यसैले योग गुरु रामदेवको यो तस्बिरलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने आवाज उठेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.