अन्तर्राष्ट्रिय समाचार

 चीनमा अर्को कोइलाखानीमा विस्फोट, सत्र जनाको मृत्यु

१८ मङ्सिर । चीनको उत्तरी क्षेत्रमा पर्ने भित्री मङगोलियामा रहेको कोइलाखानीमा विस्फोट हुँदा शनिबार १७ जनाको मृत्यु भएको छ ।

घटनास्थलमा अरु केही व्यक्तिहरु पनि खानीभित्र च्यापिएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

बाओमा मिनिङमा मध्यान्नको समयमा विस्फोट भएको बताइएको छ ।

स्थानीय प्रशासनले खोजी तथा उद्धार कार्यलाई तीव्र पारेको छ । साथै घटनाको बारेमा अनुसन्धान भइरहेको पनि बताइएको छ ।

यसअघि शुक्रबार राती चीनकै हेइलोङजीआङमा रहेको कोइलाखानीमा विस्फोट हुँदा २१ जनाको मृत्यु भएको थियो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.