अन्तर्राष्ट्रिय समाचार

मङ्गोलिया माथि चिनको नाकाबन्दी

२६,मंसिर । चीनले मंगोलियामाथि ‘नाकाबन्दी’ लगाएको छ ।तिब्बती धर्मगुरु दलाई लामालाई मंगोलिया भ्रमण गर्न दिएको विरोधमा चीनले यस्तो कदम चालेको हो ।

लामा एकसाताअघि मंगोलिया भ्रमणमा गएका थिए ।आम नेपाली जनताले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी नभुलेका बेला चीनको यो कदमले नेपालीहरुलाई अझै नाकाबन्दीको स्मरण गराइदिएको छ ।

समाचार संस्थाअलजाजिराका अनुसार चीनको सीमा क्षेत्रबाट मंगोलिया जाने गान्ट मोड क्रशिङमा सयौंको संख्यामा मालबाहक ट्रकहरु रोकिएका छन् ।र, मंगोलियाको सीमा क्षेत्रमा पनि सयौं सवारी साधन र मालबाहक ट्रक रोकिएका छन् ।चीनले लामालाई पृथकतावादी भन्दै अन्तर्राष्ट्रिय जगतमा प्रतिबन्ध लगाउँदै आएको छ ।

लामा यसअघि भारतको अरुणाञ्चल प्रदेशको भ्रमणमा गएका थिए । त्यसबेला पनि चीनले आपत्ति जनाएको थियो । समाचारमा यो पनि भनिएको छ कि लामाको मंगोलिया भ्रमणमा भारतको सहयोगी भुमिका छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.