बिल इङलिस न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री।

अन्तर्राष्ट्रिय समाचार

मंसिर २८। बिल इङलिसले न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री सपथ लिएका छन्। यसअघि प्रधानमन्त्री जोन किले गतहप्ता पार्टी प्रमुख तथा प्रधानमन्त्री दुबै पदबाट अकस्मात राजीनामा दिएपछि उनी त्यहाँको नेशनल पार्टीको प्रमुख तथा प्रधानमन्त्री बनेका हुन । यसअघि उनी उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए। सोसल हाउजिङ मन्त्री पाउला बेनेट उपप्रधानमन्त्री भएकी छन्।

Post Comment