अन्तर्राष्ट्रिय समाचार

भारतमा नेपाली चालक माथी गोलि प्रहार

१३,पुस । भारतको बरौनीबाट इन्धन ल्याउँदै गरेका एक जना नेपाली ट्यांकर चालकमाथि भारतको रक्सौलमा गोली प्रहार भएको छ ।

पोखराका लागि इन्धन बोकी आइरहेको ना५ख ८८४५ नम्बरको ट्यांकर चालक अमलेखगन्ज ४ बस्ने तुलाराम उपाध्यायमाथि अज्ञात समुहले गोली प्रहार गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

गोली प्रहारपछि अज्ञात दुई जनाले भारु चार हजार पाँच सय लुटेर लगेका छन् ।

सीमावर्ती भारतको रक्सौल बजारबाट तीन किलोमिटर अगाडि अज्ञात समूहले सुरुमा ट्यांकर चालक उपाध्यायलाई कटुवा पेस्तोलले टाउकामा हानेका थिए।सोको प्रतिकार गरेपछि चालकलाई बायाँखुट्टामा गोली प्रहार गरी घाइते बनाएका हुन् ।

पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले चालकको अवस्था सामान्य रहेको जानकारी दिए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.