अन्तर्राष्ट्रिय समाचार

इस्तानबुलको रात्रिक्लबमा भएको हमलामा कम्तीमा ३५ जनाको मृत्यु।

१७ पैष। टर्कीको इस्तानबुल शहरस्थित रात्रिक्लबमा कम्तीमा एकजना बन्दुकधारीले हमला गर्दा कम्तीमा ३५ जनाको ज्यान गएको छ। उक्त हमलामा अन्य ४० भन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्। टर्कीमा धनी नागरिकहरुमाझ चर्चित रहेको रेयना रात्रिक्लबमा उक्त हमला भएको थियो । टर्कीको इस्तानबुल सहरका गभर्नरले उक्त हमलालाई आतंकवादी भन्दै ज्यान गुमाउनेहरु मध्ये एक टर्कीका प्रहरी अधिकारी पनि रहेको जनाएका छन्। अर्टाकोए क्षेत्रस्थित रेयना नामको रात्रिक्लबमा स्थानीय समय अनुसार राति साढे १ बजे हमला भएको थियो। गभर्नरले उक्त हमलामा कम्तीमा एक हमलाकारी संलग्न भएको बताएका छन्।
स्थानीय टेलिभिजनहरुले ‘सान्टा क्लस ’को पहिरनमा रात्रिक्लब प्रवेश गरेका एकजना बन्दुकधारीले जथाभावी बन्दुक चलाएको खबरहरु दिएका छन्। उक्त समयमा रात्रिक्लबमा सयौं मानिसहरु रहेको ठानिएको छ। घटनालगतै प्रहरीहरु घटानास्थतमा पुगिसकेका छन्। र घाइतेको उद्धारका लागि त्याहाँ एम्बुलेन्सहरु पनि पुगेका छन्। हालैकामहिनामा इस्तानबुलमा भएका श्रृंखलाबद्ध आतंकवादी हमलाका कारण त्यहाँ उच्च सतर्कता अपनाइएको छ र सुरक्षका लागि करिब १७ हजार प्रहरी अधिकारीहरु खटिएका छन्। ती हमलामध्ये धेरैजरसो तथाथित इस्लामिक स्टेट अथवा कुर्द लडाकुले गराएका थिए।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.