अन्तर्राष्ट्रिय समाचार

ब्राजिलमा नयाँ वर्षको पार्टीमा ११ जनाको हत्या पश्चात आक्रमणकारी आफुले आफैलाई गोली हानेको छ।

१७ पौष। ब्राजिलको दक्षिण पूर्वी क्याम्पियन शहरमा एक बन्दुक धारीले नयाँ वर्षको पार्टी भईरहेको एक घरमा अन्धाधुन्द रुपमा गोली चलाएर ११ जनाको हत्या गरेको छ र उ आफुले आफैलाई पनि गोली हानेको छ।
साओ पाउलो राज्यको प्रहरीले आक्रमणकारीले आफ्नी पूर्व पत्नीसँग छुट्टीएको रिसले उक्त घटना घटाएको जनाएको छ। उक्त हमलामा उसकी पूर्व पत्नी पनि मारिएकी प्रहरीले जनाएको छ। स्थानीय मिडियाहरुले भने अनुसार उनका ८ वर्षको छोरा पनि मारिएका छन्।
प्रहरी प्रवक्ताले घटनामा मारिएका व्यक्तिहरुको पहिचान भई नसकेको र उनीहरुको उमेर पत्ता नलागेको बताएका छन्। गोली चलाउने व्यक्तिको पनि पहिचान भईनसकेको जनाएका छन्। स्थानीय मिडियाका अनुसार १५ जना व्यक्तिलाई गोली लागेको छ र ती मध्य केहिको अवस्था गम्भिर रहेको जनाएको छ।
घटना भएको घरको छिमेकी घरमा बस्ने व्यक्तिले एक टेलिभिजनमा दिएको अन्र्तवार्तामा बताएका छन्, उनी र उनको परिवारले मध्यरातमा पड्एिको आवाज सुने तर उनले तत्काल यो बन्दुक चलाएको आवाज हो वा नयाँ वर्षमा पटका पड्काएको भनेर बुझ्न सकेनन्। जब घाईतेहरु मध्ये एकले गुहार मागिरहेको थियो तब मात्रै उनलाई थाहा भयो कि त्यो गोलाबारीकै आवाज थियो। राज्य प्रहरिले बताएअनुसार घटना स्थानीय समयअनुसार १२ः४० मा भएको थियो।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.