अन्तर्राष्ट्रिय समाचार

३५ जना रुसी कूटनीतीज्ञले अमेरिका छाडे।

१८ पौष । अमेरिकामा रहेका ३५ जना रुसी कूटनीतिज्ञले अमेरिका छाडेका छन्। नयाँ वर्षको दिन वासिंङ्टन डिसी पुगेको रसियन एयरलाइन्समार्फत उनीहरु स्वदेश फर्केका हुन्। अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको राष्ट्रपतिय चुनावमा रुसले ह्याक गरेको बताउँदै अमेरिकामा रहेका ३५ जना रसियन कूटनीतिज्ञलाई ७२ घण्टाभित्र अमेरिका छाडन निर्देशन दिनुभएको थियो।
रसियन दुतावासले बताए अनुसार ३५ जना कूटनीतिज्ञहरु आफ्ना परिवारसहित अमेरिका छाडेका छन्। अमेरिकी राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पले भने आफ्नो कार्यकाल सुरु भएपछि सम्बन्ध राम्रो हुने बताउँदै आउनु भएको छ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.