अन्तर्राष्ट्रिय समाचार

सशस्त्र बन्दुकधारीको आक्रमणमा नौ गाउँलेको मृत्यु

दक्षिण फिलिपिन्सको बासिलान प्रान्तको एक दुर्गम गाउँमा सशस्त्र बन्दुकधारीले गरेका आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। सोमबार बिहान ५० भन्दा बढी सशस्त्र बन्दुकधारीहरुले गाउँलेमाथि आक्रमण गरेका थिए।
ती बन्दुधारीहरुले गाउँलेलाई गोली प्रहार र घरहरुमा आगजनी गर्दै आक्रमण सुरु गरेका उक्त प्रान्तका प्रहरी निरीक्षकले जानकारी दिएका छन्। आक्रमणमा कुन समूहको हात रहेको भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.