अन्तर्राष्ट्रिय समाचार

भारतमा १६ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाइयो

भारतमा एक १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको छ । झारखण्ड राज्यमा उनका बाबुआमाले गाउँका अग्रजहरूसमक्ष बलात्कार भएको गुनासो गरेपछि ती किशोरीलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न ठानिएका १४ जनालाई पक्राउ गरिएको छ । प्रहरीले बलात्कारपछि हत्या घटनामा आफूले अनुसन्धान गरिरहेका १८ व्यक्तिमध्ये १४ जनालाई पक्राउ गरिसकेको जनाएको हो । पक्राउ पर्नेमा बलात्कारको घटनामा गाउँमा मेलमिलापका लागि पञ्चायत बसाल्ने मुखियासहितका  रहेका छन् ।

प्रहरीका अनुसार गाउँलेहरूले बलात्कारको अभियोग लागेकालाई सजायस्वरूप ५० हजार रूपैयाँ तिर्न र १ सय पटक उठबस गर्न भनेका थिए । तर, आरोपितहरू निकै क्रुद्ध बने र ती किशोरीका बाबुआमालाई पिटे र उनलाई आगोमा जलाए ।
स्थानीय प्रहरी चौकीका अधिकारी अशोक रामले समाचार संस्था एएफपीलाई भने, ‘आरोपित दुई व्यक्तिले आमाबुवालाई पिटे र उनीहरूको घरमा गएर ती किशोरीलाई साथीहरूको सहयोगमा जलाए।’

आमाबुवा विवाहमा गएका बेला किशोरीलाई घरबाट अपहरण गरेको बताइएको छ । स्थानीय प्रहरीले उनलाई दुईजना पुरूषले राजा केन्दुवा गाउँ नजिकैको जंगल क्षेत्रमा लगेर बलात्कार गरेको बताएको छ ।

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.