अन्तर्राष्ट्रिय समाचार

‘भाजपा मेरो पछि लागिरहेको छ, एकदिन मेरो हत्या गराइनेछ’:केजरीवाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो पनि पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको जसरी नै हत्या गरिदिने बताएका छन् । केजरीवालले आफ्नाे हत्याकाे दावी गर्दै भारतीय जनता पार्टीमाथि अन्य कैयौं आरोप पनि लगाएका छन् ।

‘भारतीय जनता पार्टी मेरो ज्यानको पछाडि लागिरहेको छ र एकदिन मेरो हत्या गरिदिनेछ । मेरो पनि हत्या निजी सुरक्षा अधिकारीद्वारा गराइनेछ । भाजपा मेरो पछि लागिरहेको छ, एकदिन मेरो हत्या गराइनेछ,’ केजरीवालले भने ।

आफ्नो निजी सुरक्षा अधिकारीले भाजपालाई रिपोर्ट गरिरहेको र उसको माध्यमबाट मेरो पनि इन्दिरा गान्धीको जसरी नै हत्या गराइने केजरीवालले दावी गरेका हुन् ।

यो महिनाको सुरुवातमा नै केजरीवाललाई चुनाव प्रचार प्रसारको क्रममा सडक यात्रा गरिरहँदा एक व्यक्तिले थप्पड प्रहार गरेका थिए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.