अन्तर्राष्ट्रिय समाचार

सूरतमा भीषण आगलागी , १५ जनाको ज्यान गयो

भारतको गुजरात राज्यको सूरत शहरमा रहेको एउटा कोचिङ सेन्टरमा आगलागी हुँदा एक शिक्षकसहित १५ विद्यार्थीको ज्यान गएको छ ।

सूरतको सर्थना बिनमा रहेको तक्षशिला कम्प्लेक्समा आगलागी हुँदा १५ जनाको ज्यान गएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

आगलागी भएको व्यावसायिक भवनमा कैयौँ मान्छे फसिरहेको प्रहरीले जानकारी दिएको छ । पीटीआईका अनुसार तक्षशिला कम्प्लेक्सको तेस्रो र चौथो तलामा आगो लागेको हो । समाचार च्यानलमा देखाइएको भिडियोमा मानिसहरु तेस्रो र चौथो तलाबाटै हाम फालेको देखिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी घटनाप्रति दुःख व्यक्त गर्दै गुजरात सरकार र स्थानीय प्रशासनलाई प्रभावित नागरिकका लागि हरसम्भव सहयोग गर्न आग्रह गरेका छन् ।
गुजरातका मुख्यमन्त्री विजय रुपाणीले घटनाको अनुसन्धान गर्न निर्देशन दिँदै मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.