जनसरोकार

पशुपति मुरारकाको जग्गामा ‘विप्लव’माओबादीले झण्डा गाड्यो

२७ कार्तिक। ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिमा मुरारकाले भूमिका खेलेको भन्दै नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति मुरारकाको कब्जा गरेका छन्।

माओवादीले मुरारकाको जग्गामा पार्टीको रातो झण्डा गाडेर जग्गा आफ्नो कब्जामा लिएको विज्ञप्ति निकालेर माओवादीले जनाएको छ।

माओवादीले उद्योग वाणिज्य संघका अध्यक्ष मुरारकालाई कमजोर र दलीय राज्य प्रणालीको फाइदा उठाउँदै राष्ट्रिय अर्थतन्त्रमा अस्थिरता सृजना गरेको आरोप लगाएको छ।

मुरारकाले बनेपाको १४० रोपनी जग्गामा प्रतिरोपनी ४५ लाखमा किनबेच गरेको तर ५ लाखको झुठो विवरण देखाएको पेश गरी भूमाफियासँग मिलेर जग्गा पास गरेर कर छलेको आरोप माओवादीको छ।

Post Comment