जनसरोकार

नेपालको विषयलाई लिएर भारतलाई चीनको यस्तो चुनैती।

मंसिर २८। चीनले नेपाल ढुवानिका लागि चिनियाँ कार्गो रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै भारतले यस्तो ठाने अन्त्यहीन समस्या निस्कने चेतावनी दिएको छ।
चिनियाँ सरकारी प्रकाशन ‘ग्लोबल टाइम्स’दैनिकमा आइतबार प्रकाशित लेखमा ‘चिनियाँ सामाग्री निर्यातलाई भारतमा निर्मित वस्तुको विक्रीको चुनौतीका रुपमा लिएर त्यसले अन्त्यहीन समस्या निम्त्याउने’प्रतिक्रिया उल्लेख भएको छ। ग्लोबल टाइम्सलाई वेदेशिक नीतिमा चीन सरकारको आधिकारिक धारण सार्वजनिक गर्ने पत्रिकाको रपमा लिइन्छ। लेखमा चिनियाँ कार्गो रेल सञ्चालन विषयमा भारतले नेपालको बजार खोस्न लागेको ठाने त्यसले चीन–भारत सम्बन्धमै समस्या ल्याउने चेतावनी दिइएको छ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.