जनसरोकार

नेपाली हवाइसेवालाई युरोपमा प्रतिबन्ध कायमै,१८ वटै कम्पनि,‘ब्ल्याक लिष्टमा’।

मंसिर २९। नेपाली हवाइसेवा कम्पनीहरुलाई युरोपियन (इयु)को कालोसुचीबाट हटाउन सरकार असफल भएको छ। लामो समयदेखि इयुले नेपाली एयरलाइसन्सलाई कालोसुचीमा राख्दै आएको छ। यसले नेपालको हवाइसेवा अझौ नसुध्रिएको नेपाली आकाश अझै जोखिमपूर्ण रहेको सन्देश दिएको छ।
सरकारले प्रयास र पहल गरेको बताएपनि यसपटक पनि इयुले नेपाली एयरलाइन्सहरुलाई नेपालका १८ वटै युरोपमा उडानको अनुमति नदिने गरी कालोसुचीमा कायमै राख्यो। इयुले नेपाली हवाइसेवा कम्पनीले सुरक्षा मापदण्डहरु पुरा नगेको आरोपमा इयुले कालोसुचीबाट नहटाएको हो।
एयर डाइनेस्टी, एयर काष्ठमण्डप, बुद्ध एयर, फिस्टेल एयर, गोमा एयर , हिमालयन एयरलाइन्स, मकालु एयर, मनाङ एयर,माउन्टेन हेलिकप्टर्स, मुक्तिनाथ एयर, नेपाल वायुसेवा निगम, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, तारा एयर र यती एयरलाइन्स इयुको कालोसुचीमा कायमै रहेका हुन्।
इसले अब नयाँ बिमान ल्याएर युरोपका लागी उड्ने नेपाल बायुसेवा निगमको योजनामा धक्का लागेको छ । अन्तर्राष्ट्रिय रुपमा राम्रो कुटनीतिक पहल नहुँदा पनि इयुले नेपाली हवाइ सेवाकालाइ कालोसुचीमा कायमै राखेको हो।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.