जनसरोकार

गुल्मीमा स्थिति तनाबग्रस्त ,सांसदसहित एकदर्जन घाइते

१,पुस । गुल्मीमा विगत १७ दिनदेखि आमहड्ताल जारी छ । लामो बन्दका कारण जिल्लाका सर्वसाधारणको जनजीवन निकै कठिन बनेको छ ।

शुक्रबार गुल्मीमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रशासन कार्यालयको मुख्यद्वारमा ताला लगाउन प्रदर्शनकारी पुगेपछि प्रहरीसँग झडप भएको होे ।

आन्दोलनकारीलाई तितरवितर पार्न बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रशासन कार्यालय क्षेत्र अहिले आन्दोलनकारीको नियन्त्रणमा छ भने सुरक्षाकर्मीहरु कार्यालय बाहिर बसेका छन् ।

सदरमुकाम क्षेत्रमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरुमा आन्दोलनकारीले ताला लगाइदिएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मी घेराउ गर्न गएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा एकदर्जन प्रदर्शनकारी घाइते भएका छन् ।

झडपको क्रममा नेकपा मालेकी सांसद कमला बिक र केही प्रहरी पनि घाइते भएका छन् ।

झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज, अश्रुग्यास र हवाइ फायरसमेत गरेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.