जनसरोकार

बिप्लब माओबादी द्वारा भोलि बन्दको घोषणा

६,पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले उपत्यका बन्दको घोषणा गरेको छ ।मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै विप्लव माओवादीले सरकारले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि तत्काल फिर्ता लिनुपर्ने मागराख्दै पुस ७ गते उपत्यका बन्दको घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको कारण भनिए पनि विगतमा लिइएको चर्को मूल्यको तुलनामा नेपालमा अझै पेट्रोलियम पदार्थको मुल्य घटाउनुपर्ने विप्लव माओवादीको माग छ ।

एकैचोटी भारी मात्रामा मूल्य वृद्धिगर्नु पर्ने कुनै कारण नभएको भन्दै यसरी मूल्य वृद्धि गरिनु आयल निगमले गर्दै आएको घोटाला, राज्य संञ्चालकहरुले गर्दै आएको भ्रष्टचार र कालोबजारीलाई टेवा पुगेको भन्दै आन्दोलन गर्न बाध्य बनाईएको विज्ञप्तीमा बताइएको छ ।

विज्ञप्तिमा पुस ६ गते आज ९ देखि १० बजेसम्म एक घण्टा चक्काजाम गर्ने कुरा पनि उल्लेख छ ।
biplab-bandha

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.