जनसरोकार

दाङमा बस दुर्घटना तीन जनाको मृत्यु

७,पुस । दाङमा बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सतबरीया गाविसका कृष्ण शाही, सौडीयार गाविसका ६० बर्षीय चित्रबहादुर श्रेष्ठ र प्यूठान खालागाउँका ३८ बर्षीय देउरी विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घोराहीबाट बुटबल जाँदै गरेको लु २ ख ७७६ नम्बरको बस लमही–घोराही सडकखण्डको लक्ष्मीपुर  खोलाको उकालोमा दुर्घटना भई सडकबाट एक सय मिटर तल खसेको छ ।

दुर्घटनामा  दुई जना घाइते भएका छन् । घाइतेको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । एकजनाको भने स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य २४ जना घाइते भएका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.