जनसरोकार

मधेसकै नेताले भने:- राजेन्द्र महतो मधेसमा बस्ने भारतीय बिहारी हुन्

१२,पुस । सदभावना पार्टीकाअध्यक्ष राजेन्द्र महतोले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मधेसमा बस्ने पहाडी भनेपछि मधेसी युवाहरु आक्रोशित भएका छन् ।

एमाले निकट युवा संघ नेपालका सचिवालय सदस्य एवं मधेसका युवा नेता सञ्जीव कुमार झाले महतोको भनाईमा आपत्ति जनाउँदै उनलाई नेपालमा बस्ने‘इण्डियन’ भनेका छन् ।

आइतबार एभिन्युज टेलिभिजनसँग कुरा गर्दै झाले ‘राजेन्द्र महतोजी केपी ओली मधेसमा बस्ने पहाडी हुन भन्ने तपाईं त नेपालमा बस्ने ‘इन्डियन’ हो नि !’ भनेर टिप्पणी गरेका थिए ।उनले अगाडि भनेका छन्- ‘तपाईंको जन्मदेखि अध्ययन सबै इन्डियामा भएकोहो । अहिले पनि तपाईको पुस्तैनी घर यथाबत छ इन्डियाको बिहारमा । जहाँबाट आउनु भएछ त्यै फर्किनुस ।’उनले आफूलाई मधेसको मसिहा ठान्नेहरुनै अहिले चुनावमा जान डराइरहेको बताए ।

‘म मधेसको मसिहा होइन् । एउटा युवा राजनीतिज्ञ हुँ । अहिले जो आफूलाई मसिहा ठानिरहेका छन् । तिनीहरु जनतासँग किन डराइरहेका छन्? को मसिहा भन्ने कुरा चुनावमा जनताले छिनोफानो गर्नेछन्,’ झा ले भने ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.