जनसरोकार

भारतको रणनीति राजदुत रे को स्थानमा पुर्ब सेनापती !

काठमाडौ २१,पुष ।भारतले नेपालमा आफ्नो राजदुत फर्ने भएको छ । नेपालमा पछिल्लो पटक चीनको प्रभाव हावी हुँदै गएको भन्दै उच्च तहको पहुँच रकुटनीतिक क्षमता भएको व्यक्तीलाई पठाएर राजदुत रन्जीत रेलाई नेपालबाट फिर्ता बोलाउने तयारी साउथ ब्लकले गरेको हो ।उनको कार्यकाल पनि सकिनैलागेको छ ।

कार्यकाल सकिनु भन्दा केही अगाडी उनलाई फिर्ता बोलाएर भारतले पूर्वसैनिक प्रमुख दलवीर सिंह सुहागलाई पठाउने तयारी गरेको छ ।भारत सरकारले अवकाश प्राप्त पूर्वसैनिक प्रमुख सुहागलाई नेपालका लागि नयाँ राजदूतमा पठाउने तयारी थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतले पूर्व सैनिक प्रमुखलाई राजदूत बनाएरनेपाल पठाउने तयारी गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।सुहागलाई नेपालका लागि राजदूत बनाएर पठाइएमा ‘नेपालमा चीनको बढ्दो प्रभावलाई कम गर्न सकिने भारत सरकारको बुझाइ रहेको नवभारत टाइम्सले उल्लेख गरेको छ ।

नेपाल–चीनबीच पहिलो पटक आगामी फेब्रअरीमा संयुक्त सैन्य अभ्यास हुने चीनले घोषणा गरिसकेकाले पनि भारत शसंकित बनेको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.