जनसरोकार

सर्वोच्च अदालतद्वारा लोकमानसिंह कार्कीको नियुक्ति बदर

काठमाडौँ । सर्वोच्च अदालतले आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको हो ।

अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ति संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.