जनसरोकार

डालसबाट जनसंपर्क समिती अमेरिकाको विवाद अन्त – यसरी अघी बड्दै जनसंपर्क समिती

डालस (टेक्सास), अमेरिका । नेपाली जनसम्पर्क समिती, अमेरिका, केन्द्रिय समितिको विवादको अन्त्य भएको छ । पररास्ट्र मन्त्री डा. प्रकाशशरण महत र नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याणकुमार गुरुङको रोहबरमा भएको केन्द्रिय समितिको बैठकले सो बिवाद समाधान गरेको हो । अब नेजस, अमेरिका एक भएर अघी बढ्ने विश्वाश लिइएको छ ।

दुई बर्ष भन्दा अघि एकताको अधिबेशन सम्पन्न गरी टेक्सासको डालसबाट निस्किएको नेपाली जनसम्पर्क समिती, अमेरिका, केन्द्रिय समिती यात्राका क्रममा देखिएका सामान्य समस्याहरुलाई चिर्दै फेरी डालसबाटै एकताको यात्रामा हिंड्न अघि बढेको छ ।

टेक्सासको डालसमा आयोजित एनआरएन अमेरिकाको पांचौं साधारण सभामा भाग लिन जम्मा भएको अवसर छोपेर नेजस, केन्द्रिय समितिका उपलब्ध पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु र महाधिबेशन सदस्यहरुको संयुक्त प्रयासपछिको औपचारिक बैठकले बिगतका झिना-मसिना कुराहरुलाई छाडेर प्रवासी सामुदायिक सेवामा एक ढिक्का भएर अघि बढ्ने निर्णय गरेको छ ।

एनआरएन अमेरिकाको साधारण सभामा प्रमुख अतिथिको रुपमा भाग लिन आउनुभएका नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य तथा परराश्ट्र मन्त्री डा. प्रकाशशरण महत र नेपाली कांग्रेसका बैचारिक नेता केन्द्रिय सदस्य कल्याण गुरुङ्गको उपस्ठिती, पहल र सल्लाह सुझावमा ‘बाहिर देखिएको भनिएको विवाद’ लाई नेजसको एकताको भुमी डालसमै छाडेर एक भई अघि बढ्ने निर्णय भएको छ । ‘नेपाली जनसंपर्क समितिका नाममा भनिएका कारवाहीहरु, गरिएका केही निर्णयहरु र संगठनलाई मजबुत बनाउन आगामी दिनमा एक भई अघि बढ्ने बाटो तयका लागि बिगत बिर्सेंर संस्थालाई सहमतीको निर्णयका आधारमा अघि बढाईने निर्णयमा उपस्थित केन्द्रिय समितिका उपलब्ध २० जना सदस्यहरुले हस्ताक्षर गर्नुभएको छ ।

भुकम्प पीडितका लागि संकलन गरिएको रकम केन्द्रिय सभापति आनद बिष्टले परराश्ट्र मन्त्री डा. महतलाई हस्तान्तरण गरिसक्नुभएको अवस्थामा संगठनका साना-तिना असमझदारीहरुलाई निराकरणका लागि सभापति लगायत केन्द्रिय समिति सदस्यहरुको पहलमा सम्पन्न केन्द्रिय समितिको निर्णयले गरेको यो नविनतम उदाहरणले नेपाली जनसंपर्क समिती अमेरिका, केन्द्रिय समितीभित्र अब कुनै गुन्जायस नभएको स्पस्ट हुन्छ ।

डालसबाट शुरुभएको एकताको अधिबेशनपश्चात बिचमा देखिएको सामान्य समस्याको समाधानका लागि डालसमै सम्पन्न एकता वार्ताको सफलताको लागि भूमिका खेल्नुहुने सबैलाई सभापति बिष्टले धन्यवाद ब्यक्त गर्नुभएको छ । यसैगरी केन्द्रिय समितिका पदाधिकारीहरु, महासमिती सदस्यहरु र केन्द्रिय सदस्यहरु एकताको यो अर्को चरणको नयाँ शुरुवातले बक्तब्यमार्फत आफुहरु अत्यन्त खुसी भएको बताउनुभएको छ ।

केन्द्रिय समितिको बैठकमा उपस्थित पदाधिकारी तथा सदस्यहरु :
पहिलो बैठकमा : पार्टी केन्द्रिय सदस्य तथा परराश्ट्र मन्त्री डा. प्रकाशशरण महत
दोस्रो बैठकमा : पार्टी केन्द्रिय सदस्य कल्याणकुमार गुरुङ्ग ।

सभापती : आनन्द बिष्ट
पुर्व-संयोजक एवम केद्रिय सदस्य : बिष्णु सुबेदी
बरिश्ठ उपसभापती : धनन्जयनरसिंह के सी
उपसभापती : सि पि पौडेल
उपसभापती : धर्मा श्रेष्ठ
उपसभापती : भगवान मैनाली
महासचिव : मुनिन्द्र नेम्वाङ्ग
सचिव : भोजराज ठोकर
कोशाध्यक्ष : बिजय थुलुङ्ग
सदस्यहरु : बेदप्रसाद खरेल, ओम भट्टराई, सुन्दर गुरुङ्ग, प्रमोद सिटौला, सन्तोष पहारी, चन्द्र धिताल, गोकुल ढकाल, प्रमानन्द खनाल, हरिबोल भन्डारी, ज्ञानेन्द्र कार्की र महासमिती सदस्य हेमराज भट्ट ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.