जनसरोकार

अमेरिकामा नेपाली गणितशास्त्रीहरुको संस्थाको चौथो साधारण सभा सम्पन्न

 

अमेरिकामा नेपाली गणितज्ञहरुको संगठन ‘एसोसिएसन अफ नेप्लिज म्याथम्याटीसियन इन अमेरिका (आन्मा)’ को चौथो साधारण सभा हालै सम्पन्न भएको छ। जर्जिया राज्य को एट्लान्टा मा  जनवरी ६ मा सम्पन्न भएको साधारण सभाले डा. नवीन बैधको अध्यक्षतामा आगामी दुई बर्षे कार्यकालको निम्ति ११ सदस्सिय कार्यसमिति गठन गरेको छ। कार्यसमितिमा डा. केशव पोख्रेल (उपाध्यक्ष), डा. देबेन्द्र बन्जाडे (उपाध्यक्ष), डा. राज दाहाल (सचिव), डा. राम काफ्ले (कोषाध्यक्ष) निर्वाचित भएका छन भने डा. ध्रुब अधिकारी, डा. केदार नेपाल, सुवास सुबेदी, सुवास आचार्य, डा. कृष्ण काफ्ले र डा. दीपक बस्याल सदस्यमा निर्वाचित भएका छन्।

साधारण सभामा आमन्त्रित एरिजोना स्टेट युनिभर्सिटीका प्राध्यापक डा. आब्बा गुमेलले अमेरिकामा कसरी शैक्षिक क्षेत्रमा सफल बन्न सकिन्छ भन्ने बारेमा निकै प्रेरक विचार हरु राख्नु भएको थियो। डा. गुमेलले आफुले नाइजेरिया र अमेरिकाको बिचमा गरेका शैक्षिक सहकार्यहरुको बारेमा अनुभव हरु सुनाउदै आन्माले पनि नेपाल र अमेरिकाको बीचमा गणित सम्बन्धी त्यस्तै धेरै कामहरु गर्न सकिने बताउनु भयो। त्यसैगरी यूनिभर्सिटी अफ फ्लोरिडाका नेपाली प्राध्यापक डा. शिव गौतमले संस्थाले नेपालमा गर्दै आएको काम प्रति सन्तोष व्यक्त गर्दै भविष्यमा संस्थाले अझै धेरै गर्नु पर्ने आवश्यक रहेको कुरा औल्याउनु भएको थियो। नव निर्बाचित अध्यक्ष डा. वैद्यले आगमी दुई बर्षको कार्य कालमा अमेरिकामा बसेका नेपालीहरुको बीचमा सम्पर्क र सहकार्यलाई  तिब्रमा दिदै बिभिन्न प्रोजेक्टहरु निर्माण गर्ने नयाँ कार्य समितीको प्रमुख उदेश्य रहने कुरा बताउनुभयो। यी प्रोजेक्टहरु द्वारा पश्चिमा देशहरुमा भै रहेका अनुसन्धान र अध्यापनका सिपहरु नेपालमा भित्र्याएर नेपालमा गणित बिषयको अध्यन अनुसन्धान र अध्यापनलाइ अझै उपयोगी, बजारमुखी र गुणस्तरिय बनाउने बिश्वास डा. बैद्यले लिनुभएको छ।

नेपाली गणितज्ञहरु बीच गणित बिषयको अध्यन, अनुसन्धान र अध्यापनको लागि सहकार्य गराउदै नेपालको गणितको स्तरोनत्तिको लागि काम गर्ने उदेश्यका साथ २०१० मा स्थापना भएको यस संस्थाले स्थापनाकाल देखि नै नेपालमा गणितका कार्यशाला, गोष्ठी र कन्फेरेस हरु गर्दै आएको छ। यस बर्षको जेष्ठ महिनामा मात्रै सस्थाले नेपाल गणित समाज लगायतका नेपालका गणित संस्थाहरुसंगको सहकार्यमा एक दिने कार्यशाला सहित चार दिने वृहत अन्तरास्ट्रिय सम्मेलन गरेको थियो, जसमा २५ राष्ट्रका २०० भन्दा बढी गणित बैज्ञानिकहरु सहभागी भएका थिए। यसै क्रममा संस्थाले फेरी २०७६ सालको जेष्ठ महिनामा नेपालमा गणितको अर्को बृहद अन्तरास्ट्रिय सम्मेलन गर्ने गरि काम गरिरहेको कुरा संस्थाका उपाध्यक्ष डा. देबेन्द्र बन्जाडे ले बताउनु भएको छ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.