जनसरोकार

भोट हाल्ने कसरी ? हर्नेुहोस् यो भिडियो !

मतदाता पनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो स्थानीय चुनावमा मत हाल्न आतुर छन्। तर उनीहरुमा दुविधा पनि छ, मत त हाल्ने तर कसरी ?

[youtube https://www.youtube.com/watch?v=jAv8qDQ_pbk?feature=oembed]

बैसाख ३१ मा हुन लागेको पहिलोचरणको स्थानीय तह निर्वाचनमा सहभागी दल र उम्मेदवारले भोट माग्नमा जति भोट कसरी हाल्नेबारे जानकारी दिने कुरामा ध्यान दिन सकेका छैनन्।

निर्वाचन आयोगले मतदान शिक्षासम्बन्धी जानकारी दिन मतदाता शिक्षाका लागि देशैभर २१ हजार स्वयंसेवक खटाइ केही गतिविधि गरे पनि समय अभावका कारण धेरै मतदातासम्म त्यसको असर पर्न सकेको छैन। आयोगले मतदाता शिक्षाका लागि एनिमेटेड भिडियो बनाइ युट्युबमा समेत राखिसकेको छ। तर सो भिडियो हेर्नेको संख्या निकै कम छ। चुनावको पाँच दिनअघिसम्मको अवस्थामा भिडियो भ्युज संख्या २० हजार पनि पुगेको छैन।

जबकी आगामी निर्वाचनमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ जना मतदाताले मतदान गर्न पाउने छन्। यससम्बन्धी प्रयास प्रभावकारी हुन नसकेको मनन गर्दै मतपत्रबारे सूचना र चुनाव चिन्हबारे जानकारी प्रदान गर्न बैसाख २८ देखि ३० गतेसम्म नयाँ कार्यक्रम ल्याएको छ। निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै तीन दिनमा ६ हजार ६ सय मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्तारस्वयमसेवक परिचालन गर्ने जनाएको छ।

यसअघि नै बैसाख २८ दिख ३० सम्म मतदाता परिचय पत्र वितरण गर्ने जनाएको आयोगले सोही बेला मतदातालाई मतदान कसरी गर्ने भनेर जानकारी दिने भएको हो। ताजा विज्ञप्तिअनुसार, नमूना मतपत्रसमेत लिएका मतदाता शिक्षा कार्यकर्तारस्वयमसेवकले मतदाता परिचयपत्र लिन आउने मतदाताहरुलाई मतदान गर्ने सही तरिका सिकाउने छन्।

यस पटकको निर्वाचनमा स्थानीय प्रतिनिधि छान्न मतदाताले सात पदका लागि सात ठाउँमा छाप लगाउनु पर्नेछ। मतपत्रमा दलहरूको संख्या धेरै र स्वतन्त्र हैसियतमा दलका तर्फबाट पनि उम्मेदवारी परेकाले यसअघिका निर्वाचनमा भन्दा धेरै ठाउँमा छाप लगाउनु पर्ने निर्वाचन आयोगले जनाइसकेको छ। प्रत्येक मतदाताले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र थप दुई जना वडा सदस्य गरी ७ पदका लागि मतदान गर्न पाउने छन्।

मतदाताले इच्छाअनुसार सबै पदमा एक एक जना उम्मेदवारलाई मतदान गर्नु पर्नेछ। मतदान गर्दा सात ठाउँमा छाप नलगाएर एउटै पदका लागि दुई ठाउँमा मतदान गरेको खण्डमा भने मत बदर हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा बताउँछन्। मत हाल्दा कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाए पनि मत बदर हुनेछ। यसरी मतदान गर्दा मतदाताले अध्यक्ष वा प्रमुखलाई एक मत दिन पाउँछन् भने उपाध्यक्ष वा उपप्रमुखलाई पनि एक मत नै दिन पाउनेछन्।

वडा अध्यक्षका लागि एक, महिला वडा सदस्यका लागि एक, दलित महिला वडा सदस्यका लागि एक र वडा सदस्य दुईजनाका लागि एकै कोलमभित्र रहेको एउटा चिह्न र अर्का सदस्यका लागि दुईवटा चिह्न रहेको कोठामा मतदान गर्नु पर्नेछ। कुनै पनि एउटै पदमा नभई फरकफरक पदमा छाप लगाउँदा सो मत सदर मत मानिने निर्वाचन आयोगले बताएको छ। मतदाताले खुलातर्फका सदस्यलाई मत दिँदा भने विशेष ध्यान दिनु पर्नेछ। पहिलो खुला सदस्यका लागि एउटा मात्र चिह्न रहेको र दोस्रो उम्मेदवारका लागि दुईवटा चिह्न रहेका छन्। चिह्न दुईवटा भए पनि मतदाताले भने एउटा मात्र स्वस्तिक छाप लगाउनु पर्नेछ। दुईवटा चिह्न देखेर स्वस्तिक छाप पनि दुईवटै लगाए सो मत बदर हुने निर्वाचन आयोगले जनाएको छ।

यहाँनेर भने मतदातामा अन्यौल हुन सक्ने प्रवक्ता शर्मा स्वीकार्छन्। उनले भने ‘मतपत्रमा सातजना उम्मेदवारका लागि आठवटा चिह्न भए पनि मतदाताले छाप भने सातवटा मात्र लगाउनु पर्छ। अन्तिमका दुई चिह्न देखेर दुई छाप लगाए त्यो मत बदर हुन्छ।’ यसरी मतदान गर्दा वडा सदस्यको हकमा खुलामा दुईजना निर्वाचित हुने हुँदा एक सदस्यलाई सम्बन्धित पार्टीको चुनाव चिह्न हुन्छ भने अर्को सदस्यलाई सम्बन्धित पार्टीको दुईवटा चुनाव चिह्न हुन्छ। दुवै सदस्य एउटै पार्टीको भए पनि सदस्यले भने मेरो चुनाव चिह्न एउटा वा दुईटा भनेर प्रचार गर्नुपर्ने र मतदातासँग मत माग्नुपर्ने हुन्छ।

‘सातवटै पदका लागि एउटै मतपत्रमा कोलम र चिह्न छुट्याइएको छ,’ सचिव मैनालीले भने, ‘मतदाताले एउटै मतपत्रमा सात पदका लागि सात स्थानमा स्वस्तिक चिह्न लगाउन पाउँछन्।’ एउटै मतपत्रमा ती सातवटै पद छुट्टाछुट्टै खुलाइएको उनले बताए। मतपत्रमा क्रमशस् अध्यक्षरप्रमुख, उपाध्यक्षरउपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला सदस्य र दुईजना वडा सदस्य पदका लागि कोलम छुट्याइएको छ।

संसदभित्र रहेका २७ दलले मात्रै आफ्नो दलगत चिह्न पाएका छन्। मतपत्रको पहिलो लहरमा नेपाली कांग्रेस, दोस्रोमा नेकपा एमाले, तेस्रोमा नेकपा माओवादी केन्द्र, चौथोमा राप्रपा, पाँचौँमा संघीय समाजवादी फोरम नेपाल, छैटौंमा लोकतान्त्रिक फोरम, सातौंमा तराई–मधेस लोकतान्त्रिक पार्टी, आठौँमा सद्भावना, नवौंमा माले र दसौंमा राष्ट्रिय जनमोर्चाको चिह्न राखिएको छ।

२०७३ ९ फागुन मा १८ वर्ष पूरा गरेका र मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले मात्रै स्थानीय तह निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउने व्यवस्था छ।

आयोगले स्थानीय तह निर्वाचनका लागि ७५ जिल्लामा १८ हजार ५ सय ७२ मतदान केन्द्र तोकेको छ। आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार प्रत्येक जिल्लाको मतपत्र छुट्टाछुट्टै हुनेछन्। स्थानीय निर्वाचन प्रयोजनका लागि जिल्लागत रूपमा दर्ता भएका दलहरूको संख्याका आधारमा मतपत्रको आकार ठूलो वा सानो छन्। ७५ जिल्लाका लागि ६ आकारका मतपत्र तयार गरिएको छ।

मतपत्रमा सेतो कागजमा नीलो मसीबाट निर्वाचन चिह्न छापिएको छ। पचहत्तरै जिल्लामा फरक फरक सङ्ख्यामा दलले निर्वाचनमा भाग लिने भएपछि सानाठूला गरी विभिन्न छ आकारका मतपत्र बनाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। निर्वाचनमा करिब एक करोड ४० लाख मतदाता र २१ हजार मतदान केन्द्र रहने अनुमान गरेको छ। निर्वाचनमा नगरपालिकामा एक हजार ४ सय ८८ प्रमुख उपप्रमुख तथा ७ सय ८९ दलितरअल्पसङ्ख्यक सदस्य पदका लागि निर्वाचन हुनेछ। त्यस्तै गाउँपालिकामा ३३ हजार चार सय वडा अध्यक्ष र उपाध्यक्ष तथा नौ सय ६२ दलित तथा अल्पसङ्ख्यक सदस्य पदका लागि निर्वाचन हुनेछ। कुल ३६ हजार छ सय ३९ पदका लागि निर्वाचन हुनेछ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.