जनसरोकार

मधेसि दललाई भारतको यस्तो निर्देशन

र्वाचन विथोल्ने गरी आन्दोदनको घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई निर्वाचनमा सहभागी हुन भारतीय पक्षले आग्रह गरेको छ ।

राजपाका नेताहरूलाई भारतीय नेताहरूले व्यक्तिगत रूपमा पनि निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् भने मंगलबार भारतीय राजदूत मञ्जिव सिंह पुरीले पनि निर्वाचनमा जान आग्रह गरेका छन् । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

राजपाका एक नेताले भने, ‘नेपाली कांग्रेसका नेताहरूले भारतीय पक्षलाई गुहार गरेका छन् । उहाँले हामीलाई निर्वाचनमा सहभागी भइदिन भारतीय पक्षसँग आग्रह गर्नुभएको छ । कांग्रेस सभापतिले भारतीय पक्षसँग कुरा गर्दा हामीलाई सरकारमा सहभागी भइदिनसमेत आग्रह गर्नुभएको छ ।’

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.