जनसरोकार

ओलीलाई कटाक्ष गर्दै देउवाले भने : राष्ट्रियता हामिलाई सिकाउनपर्दैन , हाम्रो आर्दश हो

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियताको विषयमा कांग्रेसलाई नसिकाउन आग्रह गरेका छन् । व्यवस्थापिका संसदको बैठकमा उनले कांग्रेसको मार्गनिर्देक सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवाद भएकाले देश र जनताको पक्षमा काम गर्न जानेको जिकिर गरे । देउवाले एमालेका अध्यक्ष केपी ओला प्रति कटाक्ष गर्दै राष्ट्रियताको विषयमा नसिकाउन चुनौती दिएका हुन् । नेपालको राष्ट्रियता र प्रजातन्त्रको विरुद्धमा कसैसँग कुनै पनि हालतमा सम्झौता गर्न नसकिने उनले स्पष्ट पारे ।

उनले मतपत्र च्यातिनु नयाँ कुरा नभएको बताएका छन् । भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातिएको विषयप्रति कडा रुपमा प्रस्तुत भएका अध्यक्ष ओलीले उठाएको प्रश्नको जवाफमा देउवाले अदालतमा मुद्धा विचाराधिन भएकाले धेरै बोल्न आवश्यक नभएको बताए ।

संसद बैठकमा देउवाले सत्ता साझेदार दलहरुबीचको सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया थालिएको जनाए ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि प्रदेश र केन्द्रको निर्वाचनमा जाने उनले बताए । धेरै अप्ठ्याराका बीच पहिलो चरणको निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री प्रचण्डलाई उनले धन्यवाद समेत दिए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.