जनसरोकार

‘विदेशीलाई ल्याएर नागरिकता दिन सकिँदैन,हिन्दी भाषालाई राष्ट्र भाषा बनाउन पाइँदैन’:एमाले भीम रावल

एमालेका उपाध्यक्ष भीम रावलले विदेशी दूतावासमा गएर सल्लाह गर्ने राजनीतिक दलका नेताहरूको कटु आलोचना गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘विदेशी दूतावासमा शरण लिनेहरूको के कुरा गर्ने ?’

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष रावलले विदेशी दूतावासमा गएर नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगाउनेहरूलाई विश्वास गर्न नसकिने बताए ।

‘आफ्नो मुलुकको आन्तरिक हस्तक्षेप गराउँदै हिँड्न पाइन्छ ?’, उहाँले भन्नुभयो, ‘आन्तरिक मामिलामा विदेशी गुहार्ने परम्पराको अन्त्य हुनु पर्छ ।’

संविधान संशोधनको विरोधी एमाले नरहेको बताउनु भएका उपाध्यक्ष रावलले भन्नुभयो, ‘कुन औचित्यका लागि संविधान संशोधन गर्ने ? त्यसबारे त भन्नु प-यो नि ।’

उहाँले विदेशी भाषा हिन्दीलाई राष्ट्र भाषा बनाउनै नसकिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘विदेशी नागरिकलाई ल्याएर नागरिकता दिन सकिँदैन । हिन्दी भाषालाई राष्ट्र भाषा बनाउन पाइँदैन । जथाभावी सीमाङ्कन गर्न पाइँदैन ।’

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.