जनसरोकार

कांग्रेसकै नेता महत भन्छन्:-पार्टीलाई ठूलो धक्का पुग्नेवाला छ

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले पहिलो र दोस्रो स्थानीय निर्वाचनमा आफ्नै कमजोरीका कारण नेपाली काँग्रेस दोस्रो भएको बताउनुभएको छ ।

शहीद भरतगोपाल झाको ७८ औंँ जन्मजयन्ती तथा उहाँको कारागार दैनिकी ‘उही झा’ नामक पुस्तकको आज लोकार्पण गर्दै नेता डा महतले पार्टीभित्रको अन्तरद्वन्द्वलाई सम्हाल्न नसक्दा आफ्नो पार्टी दोस्रो भएको र आगामी दिनमा पनि यस्तो कमजोरी रहिरहेमा पार्टीलाई ठूलो धक्का पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय निर्वाचनमा हामी दोस्रो भयौँं होला तर आफ्नो जिम्मेवारी र कर्तव्यबाट भने हामी कहिले पनि विमुख हुनेछैनौँ । ”

कार्यक्रममा सभासद् रामेश्वरप्रसाद ढुङ्गेल, पूर्व जिल्ला सभापति तिलक कायस्थ, रामबहादुर ठकुरीलगायतले स्व झाको सम्झना गर्दै उहाँको योगदानका विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा स्व झाकी धर्मपत्नी शारदा, पार्टी जिल्ला सभापति दुर्लभ थापा, क्षेत्रीय सभापति जीवन खत्री, नारायण खायमली, काँग्रेसका नेता तथा झाका मित्र गोविन्द जोशी, थिमी नगरपालिका उपप्रमुख अञ्जना मधिकर्मी, नेत्री रजनी जोन्छेलगायतले झालाई सरकारले नै शहीद घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.