एनआरएन विशेष जनसरोकार

एनआरएन अमेरिका निर्वाचन: अध्यक्षका लागी पाँचजनाको उम्मेदवारी दर्ता

केही महिना यता निकै चर्चा र चासोको बिषय बन्दै आएको एनआरएन अमेरिकाको अध्यक्षका लागि पाँचजनाले उमेदवारी दर्ता गरेका छन ।

यसअघि नै चर्चामा रहेका डा केशब पौडेल, कृष्ण पोखरेल, गौरीराज जोशी, राम सी पोखरेल र रविना थापाले उमेदवारी दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ । शनिबार उम्मेदवारी दर्ताको अन्तिम दिन हो ।

उम्मेदवारी दर्ताकालागी शनिवार राती १२ बजेसम्मको समय दिइएको थियो ।

उम्मेदवारी दर्तापछि एक अपिल सार्वजनीक गर्दै अध्यक्षका एकजना प्रत्यासी राम सी पोखरेलले एनआरएन साझा संस्था भएकोले प्यानल वा गुट भन्दापनि सबैको साझा व्यक्तिका रुपमा आफुले उमेदवारी दिएको बताएका छन ।

वर्तमान बोर्डमा रहँदापनि आफु सदैव न्याय र संस्थाको हितमा लागेको उल्लेख गर्दै पोखरेलले एनआरएन सुधार, आफनो मुख्य एजेण्डा रहेको पनि उल्लेख गरेका छन ।

यसैगरी अध्यक्षका अर्का प्रत्यासी गौरी जोशीले एनआरएन अमेरिका सबैको आकर्षणको संस्था बनाउने मुख्य उदेश्यकासाथ आफुले उमेदवारी दिएको बताएका छन । उमेदवारी दर्तापछि एक अपिल सार्वजनीक गर्दै जोशीले अबको एनआरएन ‘हाम्रो र राम्रो’ एनआरएन बनाउने, अमेरिकाको नेपाली समुदायलाइ बलियो बनाउँदै मातृभूमिमा सक्दो सहयोग गर्ने, युवाहरुलाइ रोजगारीकालागी आवश्यक सहयोग गर्ने, आइसिसिमा नेतृत्वदायी भुमिका खेल्ने जस्ता एजेण्डाहरु अघि सारेका छन ।

अर्का प्रत्याशी एवं वर्तमान अध्यक्ष डा. पौडेलले सवल र सम्मानित अमेरिकी एनअरएनका र बाकी कामहरु पुरा गर्नको लागि उम्मेदवारी दिएको बताए ।

अध्यक्षका अर्का प्रत्यासी रविना थापाले एनआरएन अमेरिकालाइ एउटा उत्कृष्ट संस्था बनाउने लक्ष्यकासाथ आफुले उमेदवारी दिएको बताएकी छन । थापाले एनआरएनको प्रभावलाइ तल्लो तहसम्म पुरयाउने र एनआरएनलाइ थप प्रभावकारी बनाउने आफनो मुख्य लक्ष्य रहेको पनि बताएकी छन । यसकालागी आफुसँग पर्याप्त अनुभव रहेको उनको दाबी छ ।

अर्का उम्मेदवार कृष्ण पोखरेलले पनि अमेरिकामा नेपाली समुदायको सुख-दुखमा साथ दिनका लागि उम्मेदवारी दिएको बताए । उनले नेपालको राजनीतिभन्दा संस्थालाइ माथि राख्न अघि बढेको समेत उल्लेख गरे ।

शनिबारनै एनअरएनका बिभिन्न पदका अकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै २६ वटा स्टेट च्याप्टरका लागि समेत उम्मेदवारी दर्ता भएका छन् । एनआरएन टेक्सास च्याप्टरको अध्यक्षका लागी बिकास उप्रेती र भानु खरेलले आफनो उमेदवारी दर्ता गरेका छन ।

कतिपय स्टेट च्याप्टरमा उम्मेदवारी समेत परेको छैन । ती राज्यहरूमा सदस्य भएपनि पदका लागि कोही पनि तयार नभएकाले उम्मेदवारी दर्ता नभएको हो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.