जनसरोकार

भारतीय सेनाले गरे गोरखा सैनिकका मेजरको हत्या

जम्बु कश्मिरमा आफ्नै सैनिक जवानले एक गोरखा सैनिकका मेजरको हत्या गरेका छन् ।

गोरखा सैनिकका मेजर शेखर थापामाथि एक जवान गोली हानी हत्या गरेको भारतीय अनलाइन न्यूज २४ ले जनाएको छ ।

ती जवानलाई मोबाइलमा धेरै कुरा नगर्न चेतावनी दिएर मेजर फर्कन लाग्दा उनीमाथि ५ राउण्ड गोली प्रहार भएको हो । गोली चलाउने जवानलाई गिरफ्तार गरी अनुसन्धान थालिएको छ । गोली चलाउने जवानको नाम भने गोप्य राखिएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.