जनसरोकार

धादिङबेसी आउँदै गरेको बस दुर्घटना, एकको मृत्यु, ४५ घाइते


धादिङ – उत्तरी धादिङको गुम्दीबाट धादिङवेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस आज अपराह्न नीलकण्ठ नगरपालिका–१२ दामगाडेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका–३ का होमबहादु घले छन् । दुर्घटनामा अन्य ४५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३० जनालाई उपचाका लागि काठमाडौँ पठाइएको र अन्यको जिल्ला अस्पताल धदिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.