कला - संगीत

‘करुणा’ एल्बमले मनोरंजन मात्र होइन विशेष सन्देश पनि बोकेको छ – हेम गिरी

hem-giriगीतकार हरि उप्रेतीको एकल शब्दमा सझिएको ‘करुणा’ नामक एल्बम बजारमा आएको लगभग ४ महिना हुन लाग्यो होला । एल्बममा समावेश भएको ‘प्यारो लाग्छ सधै मलाई’ बाहेक अन्य गीत सुन्ने मौका पाएको थिइन । म अमेरिका आएको एक हप्ताको बीचमा हरि उप्रेतीको एल्बम विवोचना कार्यक्रम छ भन्ने सुनेको थिए । प्रमोद खरेल आएको छन् भन्ने पनि सुने तर, म त्यो कार्यक्रम सहभागी भइन । हरि उप्रेती एक गीतकार हुन् ! उनलाई धेरैले सर, भेना अनि समाजसेवी भनेर भनेको सुन्छु तर म चाहि उनलाई दाजु भन्दै आएको छु !

अझै दाजु नै भन्छु । हरि दाजुले आज उनको एक प्रति एल्बम मलाई दिए ! मैले एल्बममा समावेश भएका गीतहरु सुनेर केहि प्रतिक्रिया लेख्दैछु | न म सङ्गीतको कखरा सिकेको न पहिले कहिलै गीती एल्बम माथी समिक्ष्यात्मक दृष्टि लगाउन सकेको मान्छे ! यसो सांगीतिक कार्यक्रममा सहभागी भएर अरुले खुट्टा हल्लाएको अनि मुख बटारेर कराएको चाहि हेरेको छु ! त्यस्तै कार्यक्रम हेर्दा हेर्दै गीत संगीतप्रति रुची बढ्न थाल्यो ! हरि उप्रेती नेपाली मुलका गीतकार हुन् । वि.स २०३४ सालमा भुटानमा जन्मेका उप्रेतीले आफु भूटानी हु भन्दै भन्दैनन ! २०४८ सालमा आफ्नो जन्मभुमी छोड्नु पर्यो । १८ वर्षसम्म नेपालको शरणार्थी शिविरमा बसेर शरणार्थीको रुपमा जीवन बिताए । उनले आफ्नु एसएलसीदेखि एमएसम्मको अध्यान नेपालमै गरे ।album-karuna

सन् २००९ मा उनी पुनर्वासको क्रममा अमेरिकामा आएका छन् । जहाँ रहे पनि आफु नेपाली हुँ भन्ने उप्रेतीले अमेरिकामा समेत नेपाली भाषा अनि साहित्यलाई संरक्षण गर्दै आएका छन् । यिनै उप्रेती दाजुको एल्बमका गीतहरु सुन्दा सुन्दै एउटा कुरा मनमा खेल्यो ! कुरो थियो, एउटा गीत सफल अनि लोकप्रिय हुनुमा के हुनुपर्छ अथवा कसको भूमिका महत्वपूर्ण हुन्छ ? गीतले बोकेको सन्देश कस्तो हुनु पर्छ ? कुनै चर्चित गायकले गीत गाउदैमा त्यो गीत चर्चित भइहाल्छ त ? श्रोताहरुले गीतको अर्थ खोज्छन कि हावा तालमा स्वर अनि संगीत सुनेर मज्जा लिन्छन ? कुनै गायकले एकचोटी गाएको गीत चर्चित भयो भन्दैमा उसकै मात्र गीत सधै चर्चित हुन्छ त ? करुणा एल्बमको सबै गीत सुने पछि लाग्यो गीत सफल अनि चर्चित हुनुमा सबै भन्दा महत्वपूर्ण भूमिका गीतकार अनि त्यी गीतकारले छनौट गरेका शब्दहरुको हुदो रहेछ !

गीत सुनेकै भरमा जुन गीतको स्थाई कण्ठ हुन्छ त्यो गीत नै श्रोताले रुचाउछन । यो हिसाबले करुणा एल्बममा पहिलो नम्बरमा रहेको “प्यारो लाग्छ सधै मलाई ”बोलको गीत जसलाइ ख्यातीप्राप्त गाएक स्वरुपराज आचार्यले स्वरबद्द गरिदिएका छन् ! त्यस गीतले बोकेको सन्देश अनि गीतकार उप्रेतीले छनौट गरेका शब्दको दम छ ! स्वरुपराजलाई मिल्दो गीत छनौट गर्देका रहेछन हरि उप्रेतीले । सो गीतको म्युजिक भिडियो पनि बेजोड नै रहेको छ ! हरि दाजुलाई पैसा मागेर यो समिक्षा लेखिरहेको छैन मैले ! अहिले राम्रो लागेको कुरा लेखियो भने पैसा खायो भन्ने आरोप लाग्न थालेको छ !

म इमान्दारीपुर्वक भन्न सक्छु, करुणा एल्बममा गीतकार उप्रेतीले गीत छनौट गरेर स्वर अनि भावना मिल्दो जुल्दो गायक अनि गायिकालाई गीत गाउन दिएका छन् । अर्को गीत कसरी लेख्नु पर्छ भन्दै सिकाउने अन्य गीतकार अनि पण्डितहरुलाई हरि दाजुले मज्जाले चुनौती दिएका छन् ! त्यो उनको विशेषता हो । एल्बममा गीत सँग सँगै सङ्गीतले पनि श्रोताहरुलाई मज्जाले आनन्दा दिएको छ । एकमा एक छन् एल्बमको गीतहरु ! एल्बममा समावेश प्रमोद खरेलको स्वरमा रहेको नपिएर नै वेहोशी गीत र विश्व नेपालीको स्वरमा रहेको चौतारीको वरपिपलमाले मायामा फसेकाहरुलाई मर्माहत बनाउने छ ! यसमा दुई मत कसैको नरला ! राजेश पायल राई र मेलिना राईको स्वरमा रहेको फूलेको गुलाफ गीतले मानिसको जीवनको अर्थ बोकेको छ !

दीपक लिम्बुको स्वरमा रहेको झरनाको पानी गीतले चाहि आफ्नो प्रेमिकाको वियोगमा रहेका प्रेमीहरुलाई मज्जाले बियोगान्त पारिदिएको छ । हरि दाजुको एल्बम शब्द संयोजन बेजोड साथै स्वर र सङ्गीत राम्रो भएको एउटा सफल एल्बम हो ! दर्शक अनि श्रोताले एल्बम सुन्नु भएको छैन भने सुन्नको लागि अनुरोध गरे ! गीतकार हरि उप्रेतीले सृजित गीतहरु निक्कै समय सापेक्ष अनि सान्दर्भिक छन् भने त्यहिँ माथी नेपालका नामी गायक -गायिका – राजेश पायल राई, प्रमोद खरेल , मेलिना राई , दीपक लिम्बु , विश्व नेपाली जस्ता हस्तीहरुको स्वर अनि सङ्गीतकार विकास चौधरीको संगीत ! संगीतकारको त कुरै नगरौ ! उनले सुन झैँ देखिएको गीतलाई सुगन्ध पार्दिएका छन् ! गीती एल्बम ‘करुणा’ को उत्तरोत्तर सफलताको कामना गर्दछु ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.