मनोरन्जन

दोस्रो राष्ट्रिय दोहोरी गीत प्रतिस्पर्धा चैत २४ गते देखि

काठमाडौँ, १८ चैत । ‘दोस्रो अन्तर दोहोरी साँझस्तरीय राष्ट्रिय दोहोरी गीत रनिङ सिल्ड प्रतियोगिता–२०७२’ चैत २४ गतेदेखि यहाँ हुने भएको छ ।

हाम्रो अभियान, लोक संस्कृति संरक्षण, स्रस्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ चैत २८ गतेसम्म भृकुटीमण्डपमा चल्ने प्रतियोगितामा व्यावसायिक तथा लोकप्रिय दोहोरी गायक÷गायिकाले भाग लिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन हालसम्म २२ दोहोरी साँझले आवेदन दिइसकेका छन् । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले रु ७७ हजार ७७७ का साथै एउटा गीत रेकर्ड गर्ने स्टुडियो खर्च, छायाङ्कन खर्च र प्रवद्र्धन खर्च प्राप्त गर्नेछ । त्यस्तै द्वितीयले रु ५५ हजार ५५५, तृतीयले रु ३३ हजार ३३३ र सात्वनाले रु ११ हजार १११ पाउने छन् ।

त्यसैगरी उत्कृष्ट गायकगायिकालाई रु नौ हजार ९९९ पुरस्कार प्रदान गरिने छ । प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले लोकसंस्कृतिका माध्यमले देशको सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै समग्र कला र गीत सङ्गीतको विकासमा टेवा पु¥याउने उद्देश्य आफूहरूको रहेको बताउनुभयो । पूर्वअध्यक्ष दुर्गा रायमाझीले पछिल्लो समयमा लोक दोहोरीमा केही छाडापन आएका गुनासा आएकाले त्यसलाई सुधार्न प्रतियोगिता उपगोगी हुने विश्वास गर्नुभयो ।

प्रचारप्रसार संयोजक बद्री पङ्गेनीले देशको मौलिक संस्कृति बचाउन यस्ता प्रतियोगिता आयोजना गर्नु अनिवार्य भएकाले राज्यका तर्फबाट पनि सहयोगको अपेक्षा गर्नुभयो । पाँच दिनसम्म चल्ने प्रतियोगिताभर ख्यातिप्राप्त गायक/गायिकाको प्रस्तुति, हास्य कलाकारको प्रदर्शन तथा आकर्षक नृत्य देखाइने आयोजकको भनाइ छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.