मनोरन्जन

बैशाख १७ शुक्रबार – दुई एक्सन चलचित्र ‘जङ्गे र ‘बाजीगर’ को पालो

काठमाडौँ, १६ वैशाख । शुक्रबार दुई एक्सन प्रधान चलचित्र ‘जङ्गे र ‘बाजीगर’ एकै साथ ‘रिलिज’ हुँदै छन् ।

उत्कल थापाको निर्देशनमा बनेको ‘जङ्गे’ पूर्णत पात्र केन्द्रित चलचित्र हो । त्यस्तै, रञ्जित राना मगरको निर्देशन रहेको ‘बाजीगर’मा ‘एक्सन’ थोरै ‘सोसियल ड्रामा’ रहेको वितरक सुनिल मानन्धरले जानकारी दिनुभयो ।

सुशन प्रजापति र निर्देशक स्वयम्ले निर्माण गरेको ‘जङ्गे’को मुख्य भूमिकामा टेलिभिजनकर्मी सुरज सिंह ठकुरी हुनुहुन्छ । त्यस्तै, ऋचा शर्मा र शिखा शाहीलगायतलाई पनि चलचित्रमा देख्न सकिन्छ ।

त्यसैगरी, शेखर कोइराला निर्माता रहेको ‘बाजीगर’मा जीवन लुइँटेल, अनु शाह, सन्जोग कोइराला, निस्मा घिमिरे आदिको अभिनय रहेको छ ।

वसन्त सापकोटाको सङ्गीत रहेको चलचित्रमा इन्दिरा जोशीले गाएको ‘साकिरा…’ बोलको गीतले बजार लिएको छ ।