मनोरन्जन

‘भक्तपुरलाई सांस्कृतिक सहर घोषणा गर्नु सकारात्मक’

भक्तपुर, १८ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरलाई सांस्कृतिक सहर घोषणा गर्नु सकारात्मक पक्ष भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सरकारले ल्याएको बजेट सडक विस्तारमा मात्रै स्पष्ट रहेकाले अन्य विषयमा व्यापक छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।

बिजुक्छेले बजेट विदेशी सहयोग र अनुदानमा निर्भर भएकाले कार्यान्वयनमा जटिलताका साथै परनिर्भरता बढाउने बताउनुभयो ।

उहाँले भारतलगायत युरोपियन देशले समेत नेपालमा नाम मात्रका बामपन्थीको सरकार परिवर्तनमा लागे तापनि एमालेले भने यही सरकारमा काँग्रेसलगायत अन्य दललाई समेट्ने प्रयासमा लागेको समेत टिप्पणी गर्नुभयो ।

बिजुक्छेले स्थानीय निकायको निवार्चन वर्तमान संरकारले तोकेको मितिमा सम्पन्न गर्न संसद्मा विधेयक प्रस्ताव पारित गरेर अगाडि बढे मात्र सम्भव हुने धारणा राख्नुभयो ।