मनोरन्जन

असोज १४ बाट देशभर ‘सत्यदीप’

download (1)

काठमाडौ, १२ भदौ । बिभिन्न कारणले प्रदर्शन मिति पछि सार्दै आएको चलचित्र  ‘सत्यदीप’ अन्तत प्रदर्शनमा आउने भएको छ । चलचित्र १४ असोजबाट देशभर एकसाथ प्रदर्शन ब्यवस्था मिलाएको निर्माता बिनय राम श्रेष्ठले जानकारी दिए ।

गीत संगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने ‘सत्यदिप’मा पुष्कार घिमिरेको निर्देशन रहेको छ ।

घिमिरेको यो डेब्यु चलचित्र हो । करिब दुई दशकको चलचित्र यात्रामा आफुले हासिल गरेको अनुभव चलचित्रमा खनाएको निर्देशक घिमिरेले बताए ।

रबि गिरी, उमा बेबी, दिब्येस्वर गौतम, सबिना केसी, जिवन गिरी ,श्याम केसीलगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ । प्रेम रोमान्स र एक्सनले भरिपुर्ण चलचित्रले भ्रष्टहरुलाई समाजबाट बहिस्कार गर्न युवाहरुले आवाज बुलन्द पार्नु पार्ने कथा उठाएको छ ।

उपत्यकाको आसपासमा दृश्य समेटिएको चलचित्रमा शम्भु सापकोटाको छायाँकन, कमल राइको नृत्य र अष्ट महर्जनको द्वन्द्व छ । चलचित्रमा अर्जुन पोखरेलका संगीतकमा निकै कणप्रिय गीतहरु समेटिएका छन् ।