मनोरन्जन

‘तँ म र ऊ’ को नयाँ प्रोमो तथा गीत सार्वजनिक

काठमाडौ , ६ असोज । चलचित्र ‘तँ म र ऊ’ को नयाँ प्रोमो तथा गीत सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा 1-2प्रोमो तथा दुई गीत सार्वजनिक गरिएको हो ।

प्रोमो चलचित्रका महत्वपुर्ण दृश्यहरु राखेर आकर्षक बनाइएको छ । सार्वजनिक गीत ‘त म र उ ..र बोलर तिम्रो घरमा.. ’ बोलको रहेको छ । प्रोमोमा चलचित्रका कलाकार आमेश भण्डारी, सुदिन प्रसाइ र निता ढुङ्गाना देखिएका छन् । चलचित्र महिला निर्देशक लछु गौतमले निर्देशन गरेकी हुन् । कार्यक्रममा चलचित्रकी निर्देशक लछु गौतमले कलाकारको दाइत्व पैसा लिएर चलचित्र खेल्ने मात्र नभएर प्रचार प्रसारमा पनि हिड्नु पर्ने रहेको बताइन् ।

आफ्नो चलचित्रको मुख्य कलाकबार आमेश र निताले चलचित्रको प्रचार प्रसारमा साथ नदिएको गुनासो समेत उनले गरिन् । भनिन् ‘रिलिजको बेला कलाकारले साथै दिदैनन् अनि कसरी चलचित्रको लगानी उठ्छ ।’ कलाकारका कारण निर्माणको लागी अहिले धरासाहिमा पर्ने गरेको उनको भनाई थियो ।

चलचित्रको प्रमोसनमा कलाकारले साथ नदिएको रिस उनले पत्रकार माथी पोखेकी छन् चलचित्रका नायक तथा निर्माण सुदिन प्रसाइले चलचित्रको बिषयमा बताउता नेफ्टाका पुर्व अध्यक्ष मनोज केसीले पनि कलानकार चलचित्रको प्रचारमा साथ नदिनु सबैका लागी हानिकार हुने मन्तब्य राखेका थिए । श्रद्धा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘तँ म र ऊ’ त्रिकोणात्मक प्रेमकथामा आधारीत चलचित्र हो । एक प्रेमीजोडी बीच अर्काे एक युवकको प्रवेशले ति जोडीको जिवनमा कस्तो उतार चढाव ल्याउछ भन्ने चलचित्रमा देखाउन खोजिएको छ

। जोमसोम, कागबेनी, मुक्तिनाथ, काठमाडौंलगातका विभिन्न रमणिय स्थानमा छायाँकन गरिएको चलचित्रमा नीता ढुङ्गाना, आमेश भण्डारी, सुदिन प्रसाई, कविन्द्रराज पुरी, दिनेश डि.सी., प्रभाकर श्रेष्ठ, अञ्जना आर.सी., पुर्णीमा क्षेत्री र बालकलाकारहरु राजेन्द्र बस्नेत, रोजिना अधिकारीलगायतको अभिनय रहेको छ ।

सेन्सर बोर्डबाट सबैले हेर्न मिल्ने प्रमाण पत्र अर्थात युनिभर्सल सर्टिफिकेट पाएको ‘तँ म र ऊ’ अगामी मंसिर १७ मितिमा देशभरका चलचित्र भवनमा एकसाथ प्रदर्शनमा आउदैछ । नवराज प्रसाई, पदम प्रसाई र रविन्द्र पराजुलीको निर्माण र सुदिन प्रसाईको लेखन, प्रस्तुति रहेको चलचित्रमा आमेश भण्डारी र सागर गौतमको संगीत रहेको छ ।