मनोरन्जन

राजेशपायको एल्बम ‘दर्शन नमस्ते–३’ सार्वजनिक

काठमाडौ, ११ असोज । गायक राजेशपायल राईले आफ्नो विवाहबारे मुख खोलेका छन् । एल्बम ‘दर्शन नमस्ते–३’ सार्वजनिक समारोहमा उनले आफ्नो बिबाह बारे चिन्ता नलिन सबैलाई आग्रह गरे । कार्यक्रमका उनले एल्बम आफ्ना बुबा आमाको हातबाट सार्वजनिक गरे ।

विन्धवासिनी म्युजिकले बजारमा ल्याएको यो एल्बमको विन्धवासिनीले १५ लाखमा सबै डिजिटल अधिकार किनेको छ ।

एल्बममा ९ वटा गीत समावेश छन् । प्रस्तुत गीतमा महेश खड्का, हरि लम्साल, सन्तोषराज, विनोद खम्बु, राई नविन र ईन्दिरा जोशीको संगीत छ ।

भने महेश खड्का, रत्नशमशेर थापा, डाक्टर नवराज लम्साल, दिनेश अधिकारी, राम रेप्चुङ राई, नरेश भट्टराई र केदार सुनुवारले एल्बममा समावेश गीतको शब्द कोरेका छन् ।