मनोरन्जन

कोलोराडोमा ‘हाङ जितेदास्ती साँझ–५०७६’ अक्टोबर १५ मा हुने

hing-jitedastiअमेरिकाको कोलोराडोमा खमाङखिम तथा समाधिस्थलको आर्थिक सहयोगार्थको निमित्त किरात राई सोसाइटी अफ अमेरिका,कोलोराडोको विशेष प्रस्तुति हाङ जितेदास्ती साँझ–५०७६ कार्यक्रम आयोजना हुने भएको छ ।

यहि अक्टोबर १५ २०१६ शनिबार साँझ ६ बजे अरोरा सेन्ट्रल हाइ स्कुल अरोरा कोलोराडोको भवनमा विशेष कार्यक्रम हुन आयोजक समितिको सचिव राज राईले जानकारी गराएका छन् ।

सो कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रकै चर्चित कलाकार राजेश पायल राई मुख्य आकर्षण हुने अनि कार्यक्रममा चर्चित लोकगायक महेश बुढाथोकीको साथमा स्थानीय कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुती प्रस्तुत गर्ने राईले जानकारी गराउनुभएको छ ।