मनोरन्जन

पाकिस्तानमा सलमानलाई प्रतिबन्ध ! ( कारण जान्नुहोस् )

१० , कात्तिक । भारत र पाकिस्तान बीच चलिरहेको शित युद्धका कारण एकले अर्को देशका कलाकारलाई समेत देश छाड्न गरेको आग्रह तथा फिल्म प्रदर्शनीमा समेत पगाएको प्रतिवन्धले राम्रै चर्चा पाईरहेको छ ।
salman-marriage-story_647_021116011200
यसैबिच वलिउड सुपरस्टार सलमान खानलाई पाकिस्तानले रोक लगाएको छ । पाकिस्तानले सलमानले सञ्चालन गर्दै आएको चर्चित रियालिटी शो ‘बिग बोस’लाई पाकिस्तानमा प्रतिवन्ध लगाईएको हो ।
पाकिस्तानले पछिल्लो पटक निकालेको स्टेटमेन्टमा ‘बिग बोस’को सिजन १० सँगै अन्य ६ चर्चित भारतिय सिरियललाई प्रतिवन्ध लगाईएको भनिएको छ । १५ अक्टोवरबाट नै पाकिस्तानमा यो रोक सुरु भईसकेको बताईएको छ ।
मुश्लिम फेमिलीका सलमानको भारतमा जत्तिकै फ्यान पाकिस्तानमा पनि रहेको बताईँदै आउँदा सलमानको शो लाई नै प्रशारणमा रोक लगाईनुलाई आश्चर्य मानिएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.