मनोरन्जन

भारत सरकार भन्छ :- पाकिस्तानी कलाकारलाई प्रतिबन्ध गरिएको छैन

११,कात्तिक । पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहे पनि यसको बारेमा स्पष्ट पार्दै सूचना तथा प्रशारण मन्त्री एम वेकैया नायडुले भारतमा काम गर्ने कसैलाई पनि प्रतिबन्ध नलगाइएको बताएको भारतीय सञ्चार माध्यम आजतकले आफ्नो अनलाइन संस्करणमा जनाएको छ । यद्यपि फिल्म निर्माताहरुले उनीहरुलाई काम गर्न दिदा जनताको भावनाको सम्मान गर्न आवश्यक भएको उनले बताए ।
यही विवादका कारण करण जोहारको फिल्म ऐ दिल हे मुश्किलको रिलिज रोकिएको थियो । यो फिल्ममा पाकिस्तानी कलाकार फवाद खानको विशेष भूमिका भएकाले फिल्मको रिलिज भएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी एमएनएसले दिएको थियो ।
पछि भएको वार्तामा फिल्म रिलिज गर्नकमा लागि सैनिक कल्याण कोषमा ५ करोड भारतीय रुपैयाँ जम्मा गर्नुपर्ने शर्त तेस्र्याइउको थियो ।
वेकैैयले कलाको केही सीमा नहुने तर देशको सीमा हुने बताएका थिए । तर, कलाकारको पनि जिम्मेवारी हुने र उनीहरुले जनताको भावनाको कदर गर्नुपर्ने उनले बताए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.